नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यावसायिक शिक्षा तालिम अभिबृद्धि परियोजना–दोस्रो अन्तर्गत अक्फोर्ड एडभान्स ईन्जिनियरिङ्ग कलेज द्वारा धुलिखेल नगरपालिका–७, स्थित धुलिखेल उद्योग वाणिज्य संघको हलमा संचालित निःशुल्क ३ महिने ३९० घण्टा कार्य अवधिको सूचिकार तालिम को २० जना प्रशिक्षार्थि सहभागिहरुका लागि दिइएको तालिम अन्तर्गत सी.टि.ई.भि.टी.को राष्ट्रिय सीप परीक्षण समिति ले तयार पारेको राष्ट्रिय सिप प्रमाणपत्र व्यवसायिक तह—१ को प्रमाणपत्र वितरण काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा र तालिम संयोजक अर्जुन प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले यस तालिमले वेरोजगार महिलाहरुलाई स्वरोजगार वन्न मद्दत पु¥याएको, सीप सिकेर महिलाहरु सीप अनुसार काम गरि आर्थिक रुपमा स्वामिमानि, स्वावलम्बि र आत्मनिर्भर बन्ने हुँदा सीपको सदुपयोग गर्न मार्गनिर्देशन र सल्लाह दिनुभयो । साथै अक्फोर्ड एडभान्स ईन्जिनियरिङ्ग कलेजलाई धन्यवाद दिदै यस तालिमको प्रमाणपत्रलाई सहभागिहरुले सिरानमा हालेर नसुति यसको सदुपयोग गर्न टेलरिङ्ग खोलीे कार्यमा लागि यस सिपलाइ अरुहरुलाई समेत प्रसार गरि तालिम को उद्देश्य अनुरुप महिलाहरु आर्थिक उपार्जनमा लाग्नु पर्ने वताउनु भयो ।

अतिथीको आसन वाट धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मन्जुकुमार कोजू, होटेल एसोसियसन नेपाल का सचिव जोत्सना सैजू, धुलिखेल नगरपालिका वडा नं. ८ का वडाध्यक्ष विनोद गौतम लगायतले तालिमले एउटा व्यवसायीक सिप र प्रविधि दिएकाले यसको सदुपयोग गर्नु पर्ने वताउनु भयो भने तालिम संयोजक अर्जुनप्रसाद सापकोटाले तालिम वाट प्राप्त ज्ञान, सिप र सूचिकार प्रविधिलाई आफुले उदाहरणको रुपमा कार्य गरेर देखाई यसै पेशामा लागि आय आर्जनको व्यवसायीक जीवन यापनमा लाग्न र अरुहरुलाई समेत यस सीप प्रविधिवाट उन्नत सेवा प्रदान गर्न उत्प्रेरित गर्दै प्रमाण पत्र प्राप्त गर्नुभएकोमा सबै सहभागिहरुलाई वधाई र प्रमुख अतिथि र अतिथी ज्युहरुलाई धन्यवाद प्रदान गर्नुभयो ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.