काभ्रेपलान्चोक – निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा दुई दुई रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।आजबाट पेट्रोल १३०, डिजेल र मट्टीतेल समान ११३ तथा आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १४५० रुपैयाँ पुगेको छ ।
विश्व वजारमा कच्च तेलको मूल्य घटेपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमलाई पछिल्लोपटक ३२ साउनमा नयाँ मूल्य पठाउँदा पेट्रोल र डिजेल क्रमशः ३० पैसा र ७५ पैसा घटाएर पठाएको थियो ।

पछिल्लो एक सातामा मात्रै भारतमा आइओसीले डिजेलको मूल्य चारपटक गरेर भा रु. ८० पैसा घटाइसकेको छ भने पेट्रोलको मूल्य स्थिर राखेको छ । तर, नेपाली बजारमा आयल निगमले अन्तर्राष्ट्रिय बजारको घट्दो मूल्यअनुसार सहुलियत दिनुको सट्टा मूल्यवृद्धि गरेर उपभोक्तालाई मारमा पारेको छ ।

चर्को कमिसनको चलखेल

यसो भन्छ समाचार स्रोत : सिस्टममा चल्ने हो भने निगम फाइदामा जाने निश्ति छ । आयाल निगम किन भन्नुहुन्छ तपाईहरु, यो त घायल निगम हो । निगमलाई घाइते बनाएर धेरैले रस चुसेका छन् । हरेक राजनीतिक दलको चन्दा संकलन गर्ने प्रमुख पार्टी हो आयल निगम । उनीहरुलाई चन्दा दिइएन भने पद धरापमा पर्छ । बाध्य भएर कतैन कतैबाट रकम जोहो गर्नपर्छ । त्यसका लागि निगमलाई घाटामा देखाउनु पर्यो । चन्दा दिन पर्यो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….