काभे- बनेपाको चारदोवाटो नजिकै लामाचाको होटलमा २३ बर्ष देखि बस्दै आएका सोभाकान्त बिगत ४० बर्ष देखि परिवार संगको बिछोडको पिडामा पल पल मरेर बाचिरहेका थिए ।
२/४ बर्ष पहिले काभ्रेका सयौ पत्रकारहरुलाइ गुहारे पनि १/२ जना सेवामुखी भावनाले कलम चलाए पनि निरंतरता भने पाउन सकेको थिएन।हाल आएर अन्तिम चरणमा तपाईं हाम्रो साप्ताहिक संग भेट भयो।समाचार पत्र कार्यालय अगाडि कुराकानी गर्ने क्रममा सोकान्त लामिछाने देखा परेका थिए।परिवारको खोजमा छटपटाइरहेका उनका बारे काभ्रेका पत्रकार रामकृष्ण चापागाइले पत्रकार रोहित (बुद्धकुमार श्रेष्ठ)लाइ पहिचान मिशन र उद्धारका लागि सुझाव दिए। काभ्रेका नाम चलेका र रास्टिय दैनिकमा कार्यरत अग्रज पत्रकार भए पनि सोभाकान्तको घर पत्ता लाउने अनेकौं प्रयास बिफल भएको थियो।
काभ्रेका अन्य अग्रज भाइ सुकदेबले पनि कलम चलाउनु भयो।यति मात्रै होइन पत्रकार जगतका बादसाह,खोज पत्रकारिताका हिरो रबि लामिछाने news 24 टेलिभिजनमा प्रसारण हुने जनता संग सिधा कुरा कार्यक्रमका प्रस्तोता हुन।उहाँसंग पनि लाखौं बिन्ती गरेको थिए।उहाले युबराज कर्णेल लगाए अन्य धेरै ब्याक्तित्व तथा मिडियाहरुको नाम लिदै आँखा भरी आसुको मुल फुटाउदै भने कसैले सहयोग गरेनन् । भक्कानिदै भने रोहित सर अब मेरो जिबनको अन्तिम बिकल्प हजुरबाहेक अरु देखिन भनि भक्कानिदै तपाईं हाम्रो साप्ताहिकका प्रकासक संग यस्तरी रोए कि!जो कोहि पनि मन थाम्न सक्ने स्थित थिएन।
यो मानब जिबनको अन्त्य हुनु भन्दा पहिला जसरी हुन्छ बिछोडिएका परिवार पत्ता लगाइ आमाको काखमा बसेर डाको छोडि रुनु थियो।उहा यति भनी सक्दा नसक्दै पत्रकार रोहितको खुट्टा समाइ रुन थाले पछि रोहितको पनि रोक्दा रोक्दै आसुका बाध फुटेरै छोड्यो।यो सिन कुनै फिल्मी कहानी जस्तो लाग्न सक्छ तर वास्तविक सोभाकान्तकि जिबनमा आइ परेका समस्या हुन। यसपछि रोहितले मिसन खोज पत्रकारिता सुरु गर्न अठोट लिए।
उहाँकै बारेमा २०७८ साल साउन १२ गते देखि नै मिसन घर पत्ता लगाउने अभियान भगवान साक्षि राखी कोमन मन देखिनै जिबनमा पहिलो पटक कोहि अन्जान ब्यक्तिको लागि प्राथना गरे। रोहितको आमाले बारम्बार बताउनु हुदो रहिछन् भगवान संग अरुको लागि प्राथना गर्नु बाबू तिम्रो लागि केही माग्नु पर्ने आबस्यक नै पर्दैन।घरमा भएका काम काज सबै छोडि सोभाकान्तको पछि लागे।उहाँको बारेमा अन्य ब्याक्तीहरुसंग पनि प्रतिक्रिया लिने क्रममा उहाँ संगै काम गरेका आकास बाइबासंग कुरा कानी गरे।प्राय खाना बनाउने काम हुन्थ्यो।कोहि संग पनि खुलेर कुरा नगर्ने र मनका पिडा कोहि संग पनि व्यक्त नगर्ने र सबै हिन्दुहरुको महान चाड दसैमा घर जान्थे तर सोभाकान्त कतै जादैनथ्यो।हरेक दसैमा घर परिवार नभएको जस्तो लाग्थ्यो उहाका सहकर्मी मित्र आकास तामाङले बताए ।
अन्य ब्यक्तिहरु संग बुझ्दा कोहिले साइको भने त कोहिले पागल सम्म भन्न भ्याए।
कोहि कोहिले त के गरेको रोहित यस्तो!नेता,धनीमानी र हाइ प्रोभाइलका ब्यक्तित्वहरुको पछि लागे पो स्थापित होइन्छ,यस्तो घर त थरको पागल जस्तो बोल्नै नजान्ने भाडा माज्ने नोकरको पछि लाग्नु हुन्न भनेका थिए। उसलाइ के थाहा रोहितलाई नाम दाम कमाउनु थिएन।उहाले बिगत ११ बर्ष सम्म बिदेशी भुमिका पसिना बगाइ आफुलाइ पुग्दो दाम कमाइसकेका थिए।रोहितको लक्ष्य भनेको आबाज बिहिन,असाय,बेसहारा र पीडित सर्बहारा बर्गहरुको आवाज बुलन्द गराइ जनमासमा सुसूचित गरि न्याय दिलाउन पहल गर्ने तथा भ्रष्टाचार, अनियमिततामा लिप्त माफियाहरुको पत्ता साफ गर्नको लागि बिगत ७ बर्ष देखि पत्रकारितामा निरन्तर लागि परेका थिए। अब त झन रोहितलाई जोस जाग्यो।
७५ घन्टा पछि रोहितले स्थानीय युटुब संचालक सुमन चापागाइलाइ ‘हाम्रो पनौति’ च्यानेलमा समाबेस गराउनका लागी रिपोर्टिङ गर्न लिएर गएका थिए। लामो अन्तरवार्ता सहित उहालाइ आफ्नो बाल्यकाल अबस्थामा याद भएका बस्तु र ठाउहरुको बारेमा बताएका भिडियो तयार गरि २०७८ साउन १५ गते साझ ९ बजे सार्बजनिक गरेका थियौ।यो भिडियो बनाउन अरु भिडियो भन्दा अलि धेरै मेहनत गरौ है भन्नू भएको थियो।जसमा हजारौ भ्युअर्स बढिरहेको भए पनि परिवार समक्ष पुग्न भने सकिरहेको थिएन। रोहित हरेस खाने पक्षमा थिएनन्।

फेरि पनि उनले प्रकाशन गर्ने तपाई हाम्रो साप्ताहिक पत्रिकामा मुख्य समाचार समेत बनाइ साउन १९ गते मंगलबार प्रकाशित गरि राज्यको ठुला मिडियाहरुमा लिंक पठाउदै हरेक कुनामा रहेका नेपाली माझ पुर्याउने प्रयास जारी राख्छन् ।
सोभाकान्तले दिनमा १०/१५ पटक फोन नगरेको दिन हुदैन थियो। हरेक पटकको कलमा यौटै प्रस्न जन्मिथ्यो-मेरो घर परिवार पत्ता लाग्यो, कहिले जाने ? यो भन्दा धेरै कुरा हुदैन थियो।यसको जवाफ थिएन,तै पनि भक्कानियको मन लिएर जवाफ फर्काउनु हुन्थ्यो।भेटिन्छ अबस्य भनी फोन बन्द गर्ने गरेका थिए।

आफ्नो मिसनलाई अझ चुस्तका साथ खोज अनुसन्धानमा भोक, तिर्खा र निन्द्रा नभनी उहाकै tapaihamro.com.np अनलाइन मार्फत समाचार सार्बजनिक गर्नु भयो।समाचार सार्बजनिक गरिसके पछि विभिन्न ठुला मिडिया र लाखौं भिओर बनाइसकेका पेज हरुमा पठाउन थाले। दिनौ जसो खोज अभियान जारी थियो।
परिवारको नजिक पुग्न अब के गर्ने होला भनी सोचमग्न हुन्थे र हरेस खाने हो भने सोभाकान्त गुमनाम हुने डरले फेरि अगाडी लम्कन्थे।यो समाचार लय सङ्रोला, अपिल तृपाठि, भाग्य नौपाने र रबि लामिछाने लागायत अन्य सयौ भाइरल मिडिया ग्रुपहरुमा पठाएका थिए l उहाले सामाजिक सन्जाल फेसबुकमा भाइरल हुने र बढी भिओर भएका जो अधिराज्य भरका अभियान्ता हरु जोडीएको फेस बुक अकाउन्ट खोजी गरे।

जसमा नेपाल सरकारका पुर्ब सचीव भीम उपाध्याय संग कुरा गर्न थाले जो भ्रष्टाचार , अनियमितता र नीति र विधि बिपरित चलेका कदम विरुद्ध आवाज उठाउने गर्नु हुन्थ्यो।उहाँसंग कुरा गर्नु भयो र सबै सामाग्री पठाउनु भयो । त्यसको लगत्तै गत साउन २२गते ३ बजे आफ्नो सामाजिक सन्जालमा पस्किनु भयो।

सार्बजनिक भएको ५५ मिनेट बित्न नपाउदै परिवारको नजिक पुगियो।नभन्दै ६/७ घन्टाको अन्तरालमा सोकान्त लामिछानेका दाइ पुर्ण चन्द्र लामिछानेको प्रोफाइल बाट कमेन्टमा परिवार फेला परेको घोषणा गर्नु भयो।

त्यस पछी फोन आउने क्रम सुरु भएको थियो।कोरिया बाट इस्वरी, दुबईबाट,आफ्नै भाइ रमेस लामिछाने,बहिनी चन्द्र कुमारी लामिछाने,भान्जी आनुस्का,कला डुम्रे लगायत २०/२५ जना वालिङ् नगरपालिका व.डा न-५ पित्लेक पाण्डेथोकबासि सम्पर्कमा आउनु भएको थियो।त्यसपछि खुशीको सिमा रहेन।उहाँ हिडेको बोलेको केही पत्तो पाउनु भएन।मन चङ्गा रसि उड्न थालेको कुरा बताउनु भयो। अन्तत उहाका काकाको छोरा पुर्णचन्द्र लामिछाने अति हर्सित भएर सम्पर्कमा आउनु भइ २३ गते सनिवार भेट्न आउने कुरा गर्नु भयो।

हिजो आज समाचारमा प्रोफेसनालिजम हरायो। नेपाली मिडिया स्वस्थ प्रतिस्पर्धा गर्नभन्दा पनि रिसले खुलेका हुन्। एउटा पत्रिकाले आफू विरुद्ध लेख्यो भने अर्काे पत्रिका खुल्ने पनि भए। अहिले अनलाइन पनि प्रोफेसनल तरिकाले खुलेका छैनन्। बढी जसो राजनीतिज्ञहरुले एकपक्षिय समाचार सम्प्रेषण गरि जनमासमा भ्रम छर्ने माध्यम बनाएका छन् मिडियालाई। मिडियाको शक्ति हुन्छ। निरन्तर लेखेर छाप पार्न सक्यो भने पाठकले विश्वास गर्छन्।यस्तैमा यौटा पत्रकारीता इतिहासमा ठुलो सफलता प्राप्त गर्न सफल भएको छ।

दिल्लीबाट हराएर लामो समयसम्म बनेपामै गुमनाम भएका शुसान्तको पहिचान गराउनुमा मेडियाको प्रमुख भूमिका रहेको छ । अन्य केहि मिडियाले खोजी गर्न खोजे पनि निरन्तरता दिन भने सकेका थिएनन् तर ३५ बर्ष सम्म पनि सोभाकान्तको परिवार फेला पार्न नसकेको परिवार पत्रकार तथा समाजसेबी पनौती नगरपालिका–४ घर भै तपाईं हाम्रो साप्ताहिकका प्रकासक रोहित (बुद्धकुमार श्रेष्ठ)ले थोरैमात्र अल्छि गरेको भए वा मिशनको अठोट नराखेको भए शोभाकान्त शुसान्तकै रुपमा अझै गुमनाम रहनुपर्ने निश्चितै थियो। पत्रकारीतालाई सेवासंगै जोडने ध्येय राखेका रोहितको काम नितान्त मानवीय सेवासँग जोडिएको छ । यद्यपी रोहितको भित्रै देखि मिशन पुरा गर्ने अठोट गरेकोले मात्रै यो मिलन सम्भब भएको हो।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..