काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर आधारभूत अस्पतालमा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।

आज उपप्रमुख विष्णुमणि नेपालको प्रमुख आतिथ्यतामा एक समारोहका बीच स्वास्थ्य शिविर शुरु गरिएको हो । शिविरमा मुटुरोग, अकुपञ्चर, स्त्रीरोग र जनरल परीक्षण सेवा प्रदान भैरहेको छ । आज र भोली दुई दिन शिविर सञ्चालन हुनेछ ।

शिविरको शुभारम्भ गर्दै उपप्रमुख नेपालले आधारभूत अस्पतालको सेवा सुविधालाई थप नागरिक मुखी बनाउन आफुहरु लागिरहेको बताउनुभयो । ‘हाम्रो आधारभूत अस्पतालमा अहिले नै विशेषज्ञ सेवा नियमित रुपमा सञ्चालन गर्न सकिने अवस्था छैन् । तर हामीले विभिन्न संघ संस्थासँगको सहकार्यमा स्वास्थ्य शिविर मार्फत विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेका छौँ । अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने काम पनि भैरहेको छ ।’ उपप्रमुख नेपालले भन्नुभयो ।

नेपाल सरकारले आधारभूत अस्पतालका लागि तोकेको सेवा र त्यसमा नगरपालिकाले केही थप गरेर नगरबासीका लागि स्वास्थ्य उपचार दिइरहेको उपप्रमुख नेपालले बताउनुभयो । अस्पताल सञ्चालनमा आएपछि समान्य उपचारका लागि समेत बनेपा, धुलिखेल जानुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाई थियो ।

स्वास्थ्य शिविरको संयोजन गर्नुभएका नारायणकृष्ण श्रेष्ठले आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य अनुसार शिविर सञ्चालन गरिएको बताउनुभयो । श्रेष्ठले मण्डनदेउपुर नगरपालिकाको विभिन्न ठाउँमा विगत लामो समयदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइहरनुभएको छ । ‘कोभिडका कारण हामीले नियमित गर्दै आएको स्वास्थ्य शिविर रोकिएको थियो । फेरी हामीले आफ्नो कामलाई निरन्तरता दिएका छौँ । पहिले शिविर सञ्चालन गर्न ठाउँको निकै समस्या हुने गरेको थियो । तर अहिले आधारभूत अस्पताल सञ्चालनमा आएपछि निकै सहज भएको छ ।’ श्रेष्ठले भन्नुभयो ।

वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले शिविरले रोग पहिचानमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । ‘यति जाँच गर्न पनि अन्य अस्पताल जानु पर्यो भने निकै खर्च लाग्छ । तर आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य जाँच गर्न पाउन पनि अवसरको कुरा हो ।’ वडा अध्यक्ष पौडेलले भन्नुभयो ।

अस्पतालका प्रमुख डाक्टर दिल बहादुर थोकरले अस्पतालबाट स्थापनाको एक वर्षे अवधिमा ८ हजारभन्दा बढी नागरिकलाई सेवा प्रदान गरिसकेको बताउनुभयो । शिविरलाई स्थानीय स्तरमै विशेषज्ञ सेवा प्राप्त गर्ने अवसरका रुपमा लिनुपर्ने डाक्टर थोकरको भनाई थियो ।

नगरपालिकासंगको समन्वयमा कर्मा लेक्सी लिंग, लक्की थांका, होटल ट्रेडिसन एण्ड एसपीए, हिमालयन शप र स्पोर्ट टुर एण्ड ट्राभल्सले शिविरको आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..