सडकमा खटिँदा नागरिकसँग अनुशासित, शिष्ट र सेवामुखी व्यवहार गर्न एसएसपी नवराज अधिकारीको निर्देशन

 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा ट्राफिक प्रहरी प्रभाग कोटेश्वर को स्थलगत निरीक्षण गरि कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ अनुशासित, शिष्ट र सेवामुखी भई आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो ।

बिज्ञापन

साथै, सवारी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने, सडक अनुशासन कायम राख्ने तथा सवारी दुर्घटना न्युनिकरण गर्ने कार्यमा थप सक्रिय, जिम्मेवार र सचेत भई सडकमा खटिन विशेष निर्देशन दिनुभएको छ ।