

चर्चित कलाकार बिक्रमजंग शाह गर्लफ्रेण्ड छोडे मैले भन्दै आएका छन् । शाहले गर्लफ्रेण्ड छोडे भन्दा नायक पल शाह उफ्री उफ्री नाचे ।
अहिलेका व्यस्त कलाकार बिक्रमजंग शाहले आफ्नो नविनतम प्रस्तुती गर्लफ्रेण्ड छोडे मैले हालै सार्वजनिक भएको हो । सार्वजनिक भएको छोटो समयमै चर्चाको शिखरमा पुग्न सफल शाहको गर्लफ्रेण्ड छोडे मैले उत्कृष्ट बनेको छोटो समय मै गर्लफ्रेण्ड छोडे मैलेले पाएको पपुलर भ्युजले देखाउँछ ।

जहाँ गए पनि डर छैन मलाई, अब त साइको भाछैन मलाई
फ्री भाछु अहिले, गर्लफ्रेण्ड छोडे मैले
निकै नै रोमाण्टिक रहेको लोकप्रिय गायक शाहको नयाँ कोशेली गर्लफ्रेण्ड छोडे मैले गीतको भिडियोमा चर्चित नायक तथा मोडल पल शाहका साथमा बिजय पुन, बिष्णु पुन, यानी पुनको ज्वलन्त अभिनय रहेको छ । गीतको भिडियोमा कलाकारहरुको उत्कृष्ट अभिनय समेत हेर्न सकिन्छ । गीतमा गायक शाहलाई लोकप्रिय गायिका टीका पुनःले स्वरमा साथ दिएकाी छिन् । शाहको स्वरमा सुनमा सुगन्ध थप्ने काम गायिका पुनले गरेकी छिन् । यज्ञ वि।क।को लय, शब्द रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।
बिनोद बाजुरालीको संगित संयोजन रहेको छ ।
बिक्रम चौहानको निर्देशनमा तयार भएको गीत उद्दार म्युजिक अफिसियल मार्फत बजारमा ल्याइएको छ । गीतमा केटा साथी र केटी साथी बिचको माया प्रेमका बिच शंका उपशंका र असमझदारीका अनि बिछोड पछिको अवस्थालाई चित्रण गरिएको छ । उनीहरुको विछोड पछि पाएको स्वतन्त्रताको भाव प्रष्ट देखिन्छ । विछोड पछि स्वत्रन्त्र भई खुल्ला रमाउन पाइने दर्शाइएको छ ।
माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायतका गीतहरु मार्फत चर्चा कमाई सकेका शाहले नेपाली चलचित्र निर्माणमा योगदान पराएका छन् । शाह चलचित्रमा नायकको रुपमा समेत भुमिका निर्वाह गरिसकेका छन् ।




आधुनिक, पप र लोकगीत मार्फत नेपाली गीत संगीतको क्षेत्रमा योगदान दिदै आएका शाहले यो गीत हेरेर र सुनेर साथ दिनका लागि सबैलाई आग्रह गर्दै गीतले सफलता पाउने कुरामा आशावादी छन् ।
कामै टाढा जादा नि हुने, मेरो राजा त हजुर हो भन्ने गर्लफ्रेण्ड छोडे मैले
शंकाले नै हो लंका जलाउने, दिलैमा बस्ने शासन चलाउने ब्वाइफ्रेण्ड छोडे मैले
जे गरे पनि डर छैन मलाई अब कसैको भर छैन मलाई, फ्री भाछु अहिले …


भिडियो हेर्न तलको लिंक