चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा विषेश भुमिकामा नायक श्रीदेव भट्टराइलाई अनुबन्धीत गरेका छन् ।  यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, नायक संजित भण्डारी लगायतका कलाकारहरु अनुबन्धित गरिसकेका निर्देशक खरेलले विषेश भुमिाकामा नायक भट्टराईलाई अनुबन्धीत गरेका छन् ।

पिम नेपालको प्रस्तुति रहने चलचित्रका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल समेत कलाकारको रुपमा छानिएकोे निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।

चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चाँडै छायाँकन सुरु गरिने चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पगेको निर्देशक खरेलले बताएका छन् । शान्तिप्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा जिवन पराजुलीे छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्ममा सह–निर्माताको रुपमा राजन थापाको उपस्थिती रहने छ ।

चलचित्रको छायाँकन काभ्रे  र काठमाण्डौका विभिन्न रमणीय स्थलहरुमा गरिदै छ ।

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..