“हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने” — कफि उत्पादनमार्फत समृद्धितर्फ उन्मुख महाभारत

महाभारत गाउँपालिका कफि उत्पादनलाई स्थानीय समृद्धिको आधार बनाउँदै अघि बढिरहेको छ। “हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने” भन्ने संकल्पका साथ गाउँपालिकाले कुरा होइन, काम गर्नेहरूलाई विश्वास गर्दै परिवर्तन सम्भव छ भन्ने सन्देश प्रवाह गरिरहेको छ।

यसै क्रममा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा स्वयं कृषकको घर–आँगनमा पुगेर कफि खेतीको अवस्था, सम्भावना र चुनौतीबारे अवलोकन तथा छलफल गर्नुभएको छ। उहाँले कफि उत्पादनलाई व्यावसायिक, दिगो र बजारमुखी बनाउँदै किसानको आयस्तर वृद्धि गर्ने गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो।

बिज्ञापन

अध्यक्ष जिम्बाले स्थानीय स्रोत र श्रमको सही उपयोगबाट कफि खेतीमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै किसानलाई उत्पादन, प्रशोधन र बजारीकरणमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
महाभारत गाउँपालिकाको यो पहलले कृषि क्षेत्रमा आशा जगाउनुका साथै “परिवर्तन सम्भव छ, हाम्रै पालामा” भन्ने विश्वासलाई थप बलियो बनाएको स्थानीयवासीहरूको भनाइ छ।