काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा जन्मनु भएको दिपेश बादे श्रेष्ठ आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बनेपा शाखाको प्रमुख हुनुहुन्छ । कृष्ण भक्त बादेको नाती, पिता देव भक्त बादे र माता रामेश्वरी बादेको कोख बाट जन्म लिएका दिपेश पछिल्लो समय निकै व्यस्त देखिन्छ्न । २०५५–५६ सालमा काभ्रे जिल्लाकै पहिलो गीति एल्बम निकाल्न सफल चर्चित गायक हरि कर्माचार्यसंग गित तथा संगित बाट अभिप्रेरित भइ संगित क्षेत्रमा प्रेरणा जागृत भइ गितार बजाउन सिकेको बताए । जिल्ट ब्याडसंग आबद्ध भइ वेस गितारको प्रस्तुति बाट सुरु गरिएको र पछि भोमी आइज ब्याडमा आबद्ध भइ विस्तारै ब्याडको मेनेजर हुँदै आफ्नो प्रस्तुति समेत दिएका थिए ।

गित संगित सँगसँगै गायक हरि कर्माचार्यसंगै व्यापार व्यवसायमा आवद्ध भएका थिए । उनले गायक कर्माचार्य लाई आफ्नो गुरु तथा मार्ग दर्शकको रुपमा समेत लिएका छन् । २०६३ सालमा सृजना श्रेष्ठसँग बिवाहा गरेपछि नेपाल टेलिकम र एनसिल सिम तथा रिचार्ज कार्डको होलसेल व्यवसाय समेत सचालन गरेका थिए । एक पछि अर्को गर्दै निर्माण, खानी र टिपर व्यवसायमा सेमत लामो समय काम गरेको अनुभव रहेको छ । २०७२ सालमा पहिलो पटक एन.वि इन्स्योरेन्स बनेपा शाखामा आवद्ध भएका बादे सोही कम्पनी नाम परिवर्तन भइ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड हुदै हाल आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बनेपा शाखाको प्रमुखको जिम्मेवारी समालिरहनु भएको छ । बिमा बजार, ग्राहक तथा निर्जिवन बिमामा बनेपामा नै उत्कृष्ट सेवा र विश्वास दिदै आएको बादेले बताए ।

पछिल्लो समय देश नै आर्थिक संकटमा परेको छ । कहिले भुकम्प त कहिले महामारी जस्ता रोगले गर्दा आर्थिक अवस्थ निकै खसकिएको छ । वित्तय संस्था सहकारीहरुले बचत कर्ताको पैसा फिर्ता दिन सक्ने अवस्था छैन । यो बेला इन्स्योरेन्स कम्पनीहरु कसरी चलिरहेका छन् । भुकम्प र महामारी पछि इन्स्योरेन्स कम्पनीको अवस्था कस्तो छ । इन्स्योरेन्स सम्बन्धि अझै पनि आम मानिसलाई इन्स्योरेन्स भन्ने कुरा थाहा नै छैन । यो अवस्थामा आइजिआइ पुडेन्सियल इन्स्योरेन्स लिमिटेड बनेपा शाखाको अवस्था के छ भन्ने बिषयसंग सम्बन्धि रहेर नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बनेपा शाखाको प्रमुख दिपेश बादे श्रेष्ठसँग गरिएको समसामयिक कुराकानी

 

० आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बनेपा शाखाको बारेमा ?
हाम्रो पहिला एन.वि इन्स्योरेन्स कम्पनी हुँदै आइएमई इन्स्योरेन्स भयो र हाल मर्जर भइ आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी भएको छ । म यस कम्पनीमा २०७२ साल देखी आवद्ध भएको हो ।
आइजिआइ पु्रडेन्सियल इन्स्योरेन्सको हालको अफिस बनेपा ७ चार दोबाटोमा रहेको छ । हाम्रो अफिस अब साउन १ गते देखि बनेपा –८ तीन दोबाटो टाटा सोरुमको पहिलो तलामा सर्न लागेको छ । सबै ग्राहक महानुभाव, संघ संस्थाहरु लाई यहीँ बाट जानकारी दिन चाहान्छु । २०७२ साल देखि अहिलेसम्म बनेपा शाखा लाई दिदै आएको बिमा व्यापारीक लक्ष्य पूरा गर्दै आएका छौँ । यसको लागि पनि सहकार्य, समन्वय र सहजीकरण गरिदिनुहुने सबै मेरा शाखाका सहकर्मी साथीहरु, यस कम्पनीका विभागीय प्रमुखहरु सबैमा तथा मलाई बिमा क्षेत्रमा मार्ग दर्शन दिनु हुने यस कम्पनीका मार्केटिङ चिफ, डिसिओ सर र सिइओ युगेश भक्त बादे श्रेष्ठ ज्यु लाई विशेष धन्यवाद दिन चाहान्छु ।

० देशमा नै आर्थिक मन्दी भैरहेका बेला आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स बनेपा शाखाको अवस्था ?
हाम्रोमा खासै त्यस्तो मन्दी नै चाहिँ छैन । हुन त देशमा नै आर्थिक संकट आउने हो कि भन्ने छ । हाम्रो शाखाले सेवाग्राहीहरु लाई दिलाएको विश्वास, भरोसा, हाम्रो शाखाको मेहनत, लगनशीलताले गर्दा नै होला हामीले लक्ष्य अनुसार आफ्नो उदेश्य पूरा गर्न सफल भएका छौँ । हामी बनेपा शाखा लाई कम्पनीले दिएको उदेश्य भन्दा हामीले अझै धेरै गर्न सफल भएका छौं । हामी लाई सबै सेवाग्राहीहरुले निकै भरोसा गरेर आउनु भएको छ त्यो भरोसा लाई हामी निराश हुन दिने छैनौ ।

० खासमा बिमा भनेको चाहिँ के हो ?
आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टीलाई सामान्यतया बीमा भन्ने गरिन्छ । अर्को भाषामा भन्नू पर्दा भविष्यमा हुन सक्ने आर्थिक हानी नोक्सानी भइ क्षेतीको पुर्ती लिने कागजी प्रक्रियालाई बिमा लेख भन्निन्छ । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने कम्पनी) बीच सम्झौता हुन्छ । भोलि कसलाई के हुन्छ भन्ने निश्चित नै छैन । आर्थिक तथा भौतिक क्षति जे पनि हुन सक्छ । त्यसैले भोलिका दिनहरुमा सम्भावित जोखिमबाट बच्न गरिने एक प्रकारको सुरक्षाको सम्झौतालाई बीमा भनिन्छ । अनिश्चित जोखिम, दुर्घटनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिमअनुसार निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना (बीमालेख) खरिद गर्न सक्छन् ।

 

० आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स बनेपा शाखाले के के सेवा दिदै आएको छ ?
हाम्रो यस इन्स्योरेन्स कम्पनीले सम्पत्ति बिमा, मोटर बिमा, पशु तथा वाली बिमा, हवाई बिमा, इन्जिनियरिङ तथा ठे.जो बिमा, सामुन्द्रिक बिमा, स्वास्थ्य बिमा, दुर्घटना बिमा, विविध बिमा, माइक्रो बिमा लगायत सेवाहरु दिदै आएका छौँ । ग्राहक महानुभावहरु लाई हामीले छिटो तथा छरितो उत्कृष्ट सेवा दिने गरेका छौं । तपाईंले हाम्रो कम्पनी बारे अझै बुझ्न सक्नु हुने छ झन्झट रहित उत्कृष्ट सेवा दिनेमा हाम्रो कम्पनी नै पर्छ । हामीले बिमा गर्न चाहाने मानिसहरु लाई बिमा लेख सम्बन्धि सबै कुराहरु बुझाएर गर्न अनुरोध समेत गर्ने गरेका छौ ।

० तपाईंको कम्पनीमा बिमा गरेर ग्राहक लाई के फाइदा हुन्छ ?
सबैभन्दा महत्त्वपूर्ण कुरा नै विश्वास हो । हामी ग्राहक अथवा भनौ सेवाग्राहीहरु लाई विश्वास दिलाउने खालको सेवा दिदै आएका छौं हामीले एक चोटि सेवा दिएको ग्राहक वर्गहरु अरु धेरै पटक पनि यहीँ आउने वातावरण हामीले सिर्जना गरेका छौँ । छिटो छरितो झनझट नहोस् भनेर डकुमेन्टको लागि फोन तथा फिजिकल रुपामा उपस्थिति भइ जानकारी गराउने गरेका छौ । जसको कारण दाबी पर्दा बिमा रकम सजिलै उपलब्ध गराउने गरेका छौँ ।

० तपाई यतिका वर्षदेखि बीमा क्षेत्रमा हुनुहुन्छ, धेरैलाई यो प्रश्नको जवाफ पनि दिनुभयो होला, के बीमाको चेतना बढेको हो ?
हो पहिलाको तुलनामा अवश्य पनि बढेको देखिन्छ । पहिला २३÷२४ प्रतिशात थियो भने अहिले चालू आर्थिक वर्षको चेत मसान्तसम्ममा बिमाको दायरामा आउने जनसंख्या सबै प्रकारका बिमा गरेर बढेर ४३.५४ प्रतिशत पुगेको भर्खरै सार्वजनिक एक प्रतिबेदनमा उल्लेख छ । पहिलाको दाजोमा अहिले जनमानसमा बिमा सम्बन्धि निकै चेताना बढेको देखिन्छ । पहिला खर्चको रुपमा हेरिने गरिन्थ्यो भने अहिले लगानिको रुपमा हेर्न गरेको पाइन्छ । पछि समय भुकम्प, बाढि पहिरो, कोभिड १९ लगायत अन्य महामारीको आर्थिक हानी नोक्सानी बाट बच्नको लागि उपयुक्त बाटो नै बिमा भएको देख्न सकिन्छ ।

० तपाईको कुराबाट अझ स्पष्ट भएन, बिमा भनेको सुरक्षित हुनका लागि हो भनेर बुझ्न सकियो त ?
हो सुरक्षित हुनका लागि नै बिमा गर्नु पर्ने हो । अझै सबै लाई थाहा भएको घटना मेलम्चीको नै कुरा गरौं करोडौं लगानी गरेर सुरु गरिएको व्यापार व्यवसाय घर गाडी तहसनहस भए करोडौं लगानी पानीमा बिलिन भयो । यस बाट सुरक्षिति रहनको लागि बिमा नै उपयुक्त माध्यम हो । यदि बिमा भएको भए ती सम्पुर्ण करोडौं रकम फेरि आउने थियो र पुन व्यापार व्यवसाय गर्न सकिने थियो । अब तपाईं नै भन्नू होस बिमा भनेको सुरक्षित हुनका लागि हो कि होइन । हाम्रो बिमा कम्पनीले नै मेलम्चीको घर र व्यापारीको बिमा गरेको थियो । त्यस बेला सबै बिमा गरेका व्यवसायीहरुको बिमा दाबी रकम प्रदान गरिएको थियो । बिमा एक सुरक्षित हुने आधार हो ।

 

० पशु तथा वाली बिमा कस्तो भइरहेको छ ?
काभ्रे जिल्ला आफैंमा कृषिमा अधारित जिल्ला हो । यहाँका कृषकहरु लाई मध्यनजर गर्दै हामीले धेरै नै बिमा गर्न सफल भएका छौँ । यस बिमा कम्पनीमा आउने सबै सेवाग्राहीहरु लाई छिटो छरितो र विश्वासिलो सेवा प्रदान गरेका छौं । यसमा हामीले दाबी भुक्तानी झनझट रहित उचित समयमा प्रदान गरेका छौँ । पशुपन्छीको बिमा गर्दा नेपाल सरकार बाट ८० प्रतिशत अनुदान र कृषक बाट २० प्रतिशत गरि बिमा गरिदिने गरेका छौ । हाल सम्म १७ करोडौं ७६ लाख ५७ हजार ६ सय ९७ रुपैयाको बिमाङ्क बराबरको यो आर्थिक वर्षमा बिमा गरिसकेको छ ।

० तपाईहरुको प्रतिस्पर्धा कम्पनीमा को सँग छ ?
सबै निर्जीवन बिमा कम्पनी बनेपा शाखाका हाम्रो प्रतिस्पर्धी हुन् ।

० बीमाको बजार बढाउन कम्पनीहरु केही हदसम्मको अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका हुन् ?
हामी बिमा प्राधिकरणको ट्यारिफ रेट अनुसार नै काम गर्दै आएका छौं । अरु के कसो गरे त्यो हामी लाई थाहा भएन। पहिलो कुरा भनेको सेवा र विश्वास हो हामी त्यस लाई नै आधार बनायर अगाडि बढेका छौँ ।

० अन्तमा ?
भविष्य प्रति सजगताको लागी जीवनमा आई पर्न सक्ने विभिन्न किसिमका जोखिमहरुलाई समाधान गर्नका लागि बीमाले राहत पुराउँदछ । हामी सबैले भविष्यमा भवितव्य आईपर्ने जोखिम विरुद्ध लड्न सक्ने क्षमताका लागि बीमा गर्नु आवश्यक हुन्छ त्यसैले सबै लाई बिमा गर्नेको लागि अनुरोध गर्दछु । साथै तपाईं लगायत तपाईंको मिडिया परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..