काभ्रेको पनौतीबाट नगदसहित ६ जुवाडे पक्राउ

# काभ्रेको पनौतीबाट नगदसहित ६ जुवाडे पक्राउ
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, मंसिर ०८, २०८२
काभ्रेको पनौतीबाट नगदसहित ६ जुवाडे पक्राउ

काभ्रे । काभ्रेको पनौतीबाट जुवा तास खेल्ने ६ जनालाई नगद सहित प्रहरीले पक्राउ गरेको छ ।

पनौती नगरपालिका–९ स्थित हरियाली रिसोर्टमा जुवा (कौडा) खेलिरहेका ६ जनालाई नगद सहित पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रबिन बिष्टले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३ लाख ६ हजार ४ सय रुपैयाँ नगद र १६ थान कौडा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up