चन्दा र राहत भनेको केवल दान हो : त्यसैको कारण न्याय सम्पादनमा छेकथुन हुँदैन – होमप्रसाद चौंलागाँईं
ऐले जस्तो लाग्छ, भूकम्प बेहोरियो । दुःखका साथ कोरोना पचाइयो र वर्षै सालको वाढी, पहिरो र डुबान । भूकम्पमा घरबारविहिन बनियो, सयौं रात टहरामा कटाइयो । त्यतिखेरको समय सम्झँदा सबैभन्दा कठोर र पीडादायी त्यहि लाग्दथ्यो । पछि कोरोना आयो भूकम्पभन्दा झन घातक । ऐले आएर आश्विन ११ र १२ गते परेको आरिघोप्टे वर्षातले झनै ठूलो क्षती पु¥यायो । राजमार्गहरु तहसनहस बन्न पुगे, घरहरु ढले, डुबे अनि बगे । उक्त आरिघोप्टे पानीको प्रत्यक्ष असर च्याशलस्थित एमालेको मुख्यालयलाई पनि प¥यो ।
२०७२ को विनाशकारी भूकम्पबाट पार्टी कार्यालय भत्किएपछि उचित ठाउँको खोजीमा लागिपरिरहेको नेकपा एमालेले अब भने आनै सुविधायुक्त भवन बनाउने भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कीर्तिपुर नगरपालिका वडा नं. २ स्थित मैत्रीनगरमा नयाँ पार्टीका कार्यालय भवनको शिलान्यास गरे । ऐले यो सन्दर्भ विभिन्न ढंगले चर्चामा रहेको छ । एमालेकै नेतृत्वपनि एकाद विरोरधमा उत्रिएको देखिन्छ ।
२०७२ को विनाशकारी भूकम्पबाट बल्खुस्थित मदननगरमा रहेको एमाले पार्टी कार्यालय भत्किएको थियो । त्यो भवन भत्किएपछि अलपत्र परेको एमालेले अहिलेसम्म एउटा गतिलो पार्टी कार्यालय खडा गर्न सकेको छैन । यो ९ वर्षको अवधिमा एमाले तीन ठाउँमा त पार्टी कार्यालय नै सार्न विवश रह्यो ।
भूकम्पबाट बल्खुको पार्टी कार्यालयमा क्षति पुगेपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनबाट पार्टी कार्यालय चलाएको थियो । त्यहाँ पार्टी कार्यालय चलाइँदै गर्दा एमालेले बल्खुमै नयाँ पार्टी कार्यालय बनाउनका लागि शिलान्यास पनि गरेको थियो । १ वर्षमा कार्यालय भवन बनाउने र सार्ने लक्ष्य राखिए पनि त्यो बिचमै अलपत्र प¥यो ।
त्यसपछि २०७८ वैशाख ८ गते एमालेले थापाथलीमा पार्टी कार्यालय सार्नु परेको थियो । थापाथलीमा पार्टी कार्यालय स्थापना गर्दा त्यतिबेलापनि ओली नै प्रधामन्त्री थिए । तीन रोपनीमा बनेको १२ कोठे त्यो भवन विद्युत महसुल तिर्न बाँकी रहेका एकजना व्यापारीले दिएका थिए । चक्रपथ निर्माण भइरहेकोले धुम्बाराहीको पार्टी कार्यालयमा आउजाउ गर्न गाह्रो भएको भन्दै एमालेले पार्टी कार्यालय थापाथलीमा सारेको थियो । त्यहाँ पनि एक वर्षभन्दा बढी पार्टी कार्यालय चल्न सकेन । एमालेको लागि त्यहाँ पार्किङलगायतका लागि पर्याप्त भएन ।
थापाथलीमा आएको ठिक एक वर्षपछि २०७९ वैशाख ८ गते एमालेले च्यासलस्थित तुलसीलाल स्मृति भवनमा कार्यालय सा¥यो । मनोहरा खोलामा आउने बाढीका कारण एमाले पार्टी कार्यालय पटक पटक डुबानमा पर्नथाल्यो । बाढीका कारण कार्यालय डुबानमा पर्दा एमालेले दुःख पाइरहेको छैन । पुस्तकालय लगायतका थुप्रै सरसामग्रीको क्षेती हुने गरेको छ । यसै सन्दर्भमा गत असोज ११ र १२ गते आएको बाढीका कारण त एमाले पार्टी कार्यालय झनै नराम्रोसँग प्रभावित हुन पुग्योे । बाढीबाट हैरानी ब्यहोर्दै आएको एमालेले अहिले भने आनै भवन बनाएर स्थायी रुपमा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले पार्टी कार्यालय कीर्तिपुरमा सार्ने निर्णय गरेको थियो । त्यसै अनुसार कीर्तिपुरमा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।
एमाले पार्टी कार्यालय बनाउनकोलागि उक्त जग्गा भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले दान गरेका हुन् । गुरुङ दम्पतीले दान गरेको जग्गा १० रोपनी १४ आना रहेको छ । अहिलेको बजारभाउ अनुसार त्यस जग्गाको मूल्य ७० करोड बढी पार्न आउँछ । पछिल्लो समय गुरुङ एक विवादित व्यवसायी हुन् । जो, बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका थिए ।
राजनीतिक बजारमा विभिन्न विरोधका स्वरहरु बजिरहँदा एमालेले जग्गा दाता व्यवसायी मीनबहादुर गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा नै अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको बताइरहेको छ । नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रिय समिति सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रिय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामीप्यमा रही कार्य गरेको तथ्य जगजाहेर गरेको छ । त्यतिमात्र नभएर एमालेले गुरुङका नाममा विचाराधीन रहेको मुद्दाका बारेमा गुरुङले नै फेस गर्ने र संविधान र कानुनभन्दा माथि कोही नरहेको पनि जनाएको छ । हुनपनि हो, राहत र दान दातब्यले गैरकानूनी कामलाई चोख्याउन सकदैन ।
नेकपा माओवादी केन्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारले गुरुङलाई यही प्रकरणमा अनुसन्धानका लागि हिरासतमा पु¥याएको थियो । ललिता निवासको सरकारी जग्गा किर्ते गरेर हडपेको आरोप गुरुङमाथि छ । यही आरोपमा गुरुङ २०८० असार १२ गते पक्राउ परेका थिए ।
त्यतिबेला पक्राउ परेका गुरुङ ११ दिनपछि २ करोड ४६ लाख धरौटी बुझाएर रिहा भएका थिए । तर, कुनै समय माओवादीसँग साइनो जोडेका गुरुङ यो घटनापछि प्रचण्डसँग चिढिएका छन् । बाल्यकालदेखि नै कम्यूनिष्ट आन्दोलनबाट आपूmलाई उठाइरहेका गुरुङले पछिल्ला दिनहरुमा एमाले अध्यक्ष ओलीलाई सहयोग गर्दै आइरहेका छन् ।
त्यति मात्र नभई ओलीसँगै भवनको शिलान्यास गर्न कीर्तिपुर पुगेका मीनबहादुर गुरुङले आफू पहिलादेखि नै एमालेको नजिक रहेकोले पार्टी कार्यालयका लागि जग्गा उपलब्ध गराएको बताए । पार्टी कार्यालयका लागि जग्गा उपलब्ध गराउन पाउनू आनो लागि राम्रो अवसर भएको मीनबहादुरको भनाइ छ । उक्त जग्गामा एमालेले मदन भण्डारी स्मृति भवन’को नामबाट भवन बनाउनेछ । यस विषयलाई लिएर उठेका कुराहरुमा खासै ठूलो मतान्तर र चिन्तनमनन् गर्नुपर्ने कारण देखिंदैन । चन्दा, दान र राहतकै कुरा गर्नुपर्दा त्यो सकनेले नै दिने विषय हो । मन लागेर र भावनामा बगेर त्यति दान गर्न सक्ने कुरापनि होइन ।
सवाल यसैको कारण मिनबहादुर माथि अनुसन्धान हुनै हुँदैन, उनी दोषी हुँनै सक्दैनन् भन्ने होइन, अनुसन्धान गर्दै जाँदा भोली उनी दोषी सावित हुन पनि सक्लान । त्यसको भागिदार उनी हुनै पर्छ तर, अनुसन्धानको क्रममा रहेको विषयलाई उछालेर उनले आजसम्म गरेका व्यवसायीक योगदानमाथि अनावश्यक उछितो काढेर लुछाचुडी गर्दा मुलुकको अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला रु सहीलाई सही र गलतलाई गलत समेत भन्न छाडेर अनावश्यक स्टन्टबाजी गर्ने स्वघोषित अभियान्ता वा राजनीतिकज्ञहरु मुलुकको आर्थिक अवस्था र सामाजिक आचरणको निर्माण बारे गम्भिर हुन सकेका छन त रु यसरी एउटा व्यावसायीलाई खेदेर कस्तो नेपालको परिकल्पना गर्न खोजिएका हो रु के यसमा राजनितिक गन्ध मिसिएको त छैन रु वर्तमान राजनितिक घटना परिघटनाहरुकै कारण नियोजित रुपमा यो प्रकरण पुनः बाहीर ल्याईएको त होईन ?
एमाले केन्द्रिय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टीभित्र र बाहिर अनेक खालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वका विरुद्ध विष वमन गर्ने काम भइरहनु आवश्यक छैन । एकजना दानवीर मीनबहादुर गुरुङ र सावित्री गुरुङले बाढी, लेदोले क्षतविक्षत भएको नेकपा एमालेको केन्ीय कार्यालयको दुरवस्था देखी नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको हो । यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण ग¥यो । यसको विरुद्धमा लागेर एमाले बलियो बन्दैन । यसको लागि पार्टीको निर्णयक ठाउँबाट भएको निर्णय कार्यान्वयनमा सघाएरै पार्टी बलियो बन्न सक्छ ।