काठमाण्डौ – सिनेमाटोग्राफर राजन खरेल स्पाईनी मुभिजको आयोजना तथा एरा प्रोडक्सनको व्यवस्थापनमा जेष्ठ २४ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा सम्पन्न “तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३” मा “खहरे पाँगु” बृत्तचित्र बाट “बेस्ट सिनेमाटोग्राफर”को अवार्ड प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा राष्ट्रिय विधामा १४ वटा र अन्तराष्ट्रिय विधामा ४ वटा गरि कुल १८ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्दै आयोजना गर्दै आईरहेको स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिवल २०२३ को यो तेश्रो संस्करण हो, यस संस्करणको लागि नेपालका अलवा विभिन्न देशहरुवाट थुप्रै पिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्री लगायतका चलचित्रहरुको सहभागिता रहेको थियो ।

नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष डा. हुस्नेद आजादको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, चलचित्र नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, ट्रेड यूनियन काँग्रेसका अध्यक्ष पुस्कर आचार्य, खुम्बु पासाङ गाउँपालिकाका वडा नं १ का अध्यक्ष फुनुरु शेर्पा, चलचित्र पत्रकार शान्तिप्रिय, डब्बु क्षत्री, विजयरत्न तुलाधर, भरत बम्जन, लोक गायक कुलेन्द्र वि.क., चलचित्रकर्मी ऋषि लामीछाने, अभिनेता शितल के.सी. लगाएत व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

त्यसो त खरेल लामो समयदेखि चलचित्र तथा बृत्तचित्र निर्माणको क्षेत्रमा सक्रिय छन् । उनले केही चलचित्र, थुप्रै बृत्तचित्र, सर्टफिल्म तथा म्युजिक भिडियो हरुमा सिनेमाटोग्रफरको रुपमा काम गरेका छन् । उनि छायाँकारका साथै सम्पादकका रुपमा समेत कार्यरत रहेका छन् । सन् २०१९ मा उनले छायांकन गरेको “हाम्रो साझा हिमाल” ले संसारकै अग्लो स्थानमा छायांकन गरिएको म्युजिक भिडियाको रुपमा गिनिज बुक अफ वोर्ल्ड रेकर्ड मा रेकर्डसम्म राख्न सफल भएको थियो । त्यसैगरी खरेलले फेरी सन् २०२० मा “गोक्यो रि” नामक म्युजिक भिडियो निर्माण गरि “संसारकै अग्लो स्थानमा छायांकन गरिएको म्युजिक भिडियो” मा “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड” मा आफ्नै नाम दर्ज गरिसकेका छन् । त्यतिमात्र होईन खरेलले हालसम्म थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड, सम्मान तथा पुरस्कार प्राप्त गर्नुका साथै दर्जनौ देशको भ्रमण समेत गरिसकेका उनि कलिउड हव प्रोडक्सनका संचालक समेत हुन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..