काभ्रे जिल्लाको बनेपामा जिल्लामै पहिलोपटक वृत्त मार्ग-निर्देशन तथा रोजगार मेला हुने भएको छ । बनेपा नगरपालिका र पनौती नगरपालिकाको आयोजनामा बनेपा नगरपालिका वडा नं. ८ स्थित लायकु परिसरमा जेठ २६ र २७ गते हुने भएको हो ।

बिहिबार बनेपा नगरपालिका सभाहलमा वृत्त मार्ग-निर्देशन तथा रोजगार मेलाको जानकारी दिने हिसाबले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । रोजगारको खोजीमा रहेका युवायुवती, विद्यार्थीहरुलाई उनीहरुको वृत्ति मार्ग निर्देशन गर्ने तथा उनीहरुको भेट रोजगारदाता र सेवा प्रदान गर्ने सरकारी गैह्र सरकारी निकायहरुसंग गराउने उद्धेश्यले मेलाको आयोजना गर्न लागेको बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले जानकारी दिए । ‘मेरो वृत्ति मेरो खोजी मेरो सिप भविष्यको दीप’ भन्ने मूल नाराको साथ लायकु परिसर बनेपामा “वृत्ति मार्ग – निर्देशन तथा रोजगार मेला” आयोजना गरेको शाक्यको भनाई छ ।

उक्त मेलाले रोजगार खोज्ने र रोजगार दिनेहरुलाई एकै स्थानमा ल्याई उनीहरुबीच पुलको काम गर्ने विश्वास लिएको शाक्यले बताए । हेल्भेटास नेपालको प्राविधिक सहयोगमा २०८० जेठ २६ र २७ गते शुक्रबार र शनिबार बिहान १० बजे देखि अपरान्ह ५ बजेसम्म मेला आयोजना हुने उनले जानकारी दिए ।

मेला प्राविधिक तथा व्यवसायिक तालिम शिक्षालयहरु, काभ्रे उद्योग बाणिज्य संघ, पनौती उद्योग बाणिज्य संघ, जिल्ला पत्रकार महासंघ, होटल महासंघ धुलिखेल, नेपाल घरेलु तथा साना उद्योग महासंघ, कम्प्यूटर महासंघ, काभ्रे, रोटरी क्लब पनौती लगायत अन्य विभिन्न संघ सस्था तथा सरोकारवालाहरुको सहकार्यमा संचालन आयोजकले जानकारी दिए ।

जेठ २६ गते विहान १० बजे लायकु परिसरमा बनेपा नगरप्रमुख शाक्यको प्रमुख आतिथ्यतामा मेला उद्धघाटन हुने आयोजकले जानकारी दिए । उक्त मेलाबाट वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी, सीपमूलक तालीम दिने संस्थाहरुको प्रदर्शनी र तालीमबारे जानकारी, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालीमहरु सम्बन्धी जानकारी, रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानीय उत्पादनहरु प्रदर्शनी जस्ता सेवाहरू प्रप्त हुने आयोजकले जानकारी दिए ।

नेपालको संविधानले सीप तथा रोजगारलाई मौलिक हकको रुपमा स्थापित गरेको सन्दर्भमा शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई उत्पादन तथा सेवा, उत्पादनलाई आम्दानी र आम्दानीलाई सम्बृदिसंग जोडेर समाजको श्रमशक्तिलाई गुणस्तरीय बनाउँदै श्रमिकहरुको सीप र क्षमता अभिवृद्धि गर्दै नागरिकहरुमा कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न मेलाको आयोजना गरेको आयोजकले जनाएको छ ।

स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउने अभिप्रायले आयोजना गरिएको मेलामा विभिन्न उद्योग व्यवसायहरुबाट १८ वटा, विभिन्न उद्योग संघ, संस्थाहरु बाट ९ वटा, अटोमोबाईल ब्यवसायी तथा संघ, महासंघबाट ३ वटा, घरेलु तथा साना उद्योग, लघु उद्योगहरुबाट ६ वटा, सामाजिक विकास मन्त्रालय / दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो बाट १ वटा, प्राविधिक शिक्षालयहरुबाट ६ वटा, इलाका प्रहरी, ईन्सुरेन्स कम्पनीहरु लगायतका ५ वटा गरी जम्मा ४८ वटा स्टलहरु रहने जानकारी दिए । मेलामा करिब १० हजार जना सम्मको सहभागिता रहने आयोजकले अनुमान गरिएको छ भने मेलाबाट कम्तीमा ३००० जना युवाहरुले वृत्ति परामर्श सेवा प्राप्त हुने आयोजकले विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..