धुलिखेल, काभ्रे । धुलिखेल नगरपालिका–१, देवीटारस्थित श्री देवीस्थान माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि राहत कोषमा आफ्नो तर्फबाट रकम संकलन गरी सहयोग गरेका छन्। बाढीपीडित परिवारको दुःखमा साथ दिने उद्देश्यले विद्यार्थी भाइबहिनीहरूले आफ्नो क्षमता अनुसार रकम संकलन गरी राहत कोषमा जम्मा गरेका हुन्। विद्यार्थीहरूमा रहेको मानवीय भावना, सहयोगी […]
