काभ्रेपलान्चोक – नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले कुण्ठा र झुन्डले परिवर्तनको अगुवाइ नहुने बताउनु भएको छ ।

प्रेस चौतारी काभ्रेको सदस्यता बितरण कार्यक्रममा बोल्दै नेता बास्कोटाले माधव नेपाल लगायतका केही नेताहरू ब्यक्तिगत कुण्डा र आक्रोशले आफ्नो पार्टी कम्जोर बनाउदै विपक्षीलाई कादमा बोकेर हिडेको भन्दै केही व्यक्तिको झुन्डले परिवर्तनको अगुवाइ नहुने बताउनु भएको छ ।

पार्टी निर्माणमा हरेक संगठित सदस्यको मेहनत, त्याग र भुमिकाले पार्टीले आर्जित गरेको शक्तिलाई कमजोर बनाउन लाग्नेहरु पार्टीको नेता हुन नसक्ने समेत उहाँले बताउनु भयो ।

प्रेस चौतारी द्वारा आयोजित कार्यक्रममा बास्कोटाले पत्रकारहरु प्रायोजित र प्रोजेक्ट बेसमा नभैइ यथार्थको धरातलमा उभिएर आफ्नो पेशागत मर्यादा राख्न समेत अनुरोध गर्नु भएको छ ।

कार्यक्रम चौतारी अध्यक्ष भुवन रायमाझीको अध्यक्षता, जगत बलको संचालनमा भएको थियो भने प्रमुख अतिथिको रुपमा पुर्व संचार मन्त्री बास्कोटा रहनु भएको थियो । त्यस्तै प्रदेश संसस चन्द्र लामा, स्थानीय तह प्रमुख उपप्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा काभ्रेको प्रेश चौतारिको सदस्यहरुलाई परिचयपत्र र टिसर्ट समेत बितरण गरिएको थियो

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..