काठमाडौं । बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औँसीका अवसरमा काठमाडौंको गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। दिवंगत पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्न र जीवित बुवालाई सम्मान गर्दै आशीर्वाद लिन भक्तजनहरू गोकर्ण पुगेका छन्। गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। विभिन्न स्थानबाट आएका श्रद्धालुहरू पूजा, तर्पण तथा पितृस्मरणमा सहभागी भएका छन्। […]
