कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीको राखी
भकुण्डेबेशी–कोरोना संक्रमण भएपछि भकुण्डेबेशीस्थित जनक क्याम्पसमा रहेको आइसोलेसनमा भर्ना भएका बिरामीहरु आइतबार बिहान निकै खुशी देखिए ।
चाडपर्वको समयमा घरमा नभई आइसोलेसनमा भर्ना भएर बस्नुपर्दा नरमाइलो लाग्नु स्वाभाविक नै हो । तर आइतबार बिहान जब आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीले रक्षाबन्धनको अवसरमा उनीहरुलाई राखी बाँधिदिए, उनीहरुको मुहारमा एकाएक खुशी भरिएको थियो । जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व द...