बनेपा वडा नं. १ मा एकीकृत खानेपानी आयाेजनाकाे ट्याङ्की शिलान्यास गर्दै नगर प्रमुख लक्ष्मी नरसिंह बादे

बनेपा वडा नं. १ मा एकीकृत खानेपानी आयाेजनाकाे ट्याङ्की शिलान्यास गर्दै नगर प्रमुख लक्ष्मी नरसिंह बादे
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. १ मा छाङछुङ्गे काैडाेल एकीकृत खानेपानी आयाेजनाकाे ट्याङ्की शिलान्यास गरिएको छ । आज बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिंह बादेले शिलान्यास गर्नु भएको हो । खानेपानी याेजनाका लागी बनेपा नगरपालिका बाट २० लाख, वडा बाट २ लाख र उपभोक्ता बाट २ लाख ४४ हजार लागतमा १ लाख लिटर पानी अट्ने ट्याङ्की बन्न लागेको उपभोक्ता समितिका अध्यक्ष सुदिप खत्री बताउनु भयाे ।  ...

नेतृत्व चयनसँगै जिल्लाको खाका कोर्नेछौं–अशोक व्याञ्जु, अध्यक्ष, नेकपा एमाले काभ्रे

नेतृत्व चयनसँगै जिल्लाको खाका कोर्नेछौं–अशोक व्याञ्जु, अध्यक्ष, नेकपा एमाले काभ्रे
  पौष २३ गते अधिवेशन हुँदैछ, यो अधिवेशनले नयाँ नेतृत्व मात्रै छान्ने हो कि केहि फरक छ ? नेकपा एमालेको विधान अनुसार  पौष २३ गते धुलिखेलको रंगशालामा जिल्ला अधिवेशन गर्दैछौं । जहाँ पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका श्रद्धेय नेता केपी शर्मा ओलीको प्रमुख आतिथ्यता हुनेछ । काभ्रे जिल्लाका १३ वटै पालिकाबाट विशाल जनसमुदायको उपस्थिति अधिबेशनमा रहनेछ । जहाँबाट हामी काभ्रे जिल्लाको नेकपा एमालेको ...

काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभा गर्नेछौ :  कंचन अधिकारी

काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभा गर्नेछौ :  कंचन अधिकारी
बनेपा-  नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको जनपरिचालन समितीका संयोजक कंचन अधिकारीले काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभाको तयारी गरिरहेको बताउनु भएको छ । नेकपा एमाले काभ्रेको सबैभन्दा ठूलो राजनितीक शक्ति भएकाले उसको आमसभा विशाल र काभ्रेकै इतिहासमा ठूलो हुने उहाँले बताउनुभयो । एमाले काभ्रे धेरै संगठित सदस्य भएको र काभ्रेको विकास र समृद्धिको एजेण्डा बोकेको दल भएकाले यसको अधिवेशन भव्य हुने...

‘जनताका साथी (शशिधर तिमिल्सिना स्मृतिग्रन्थ)’ सार्वजनिक

‘जनताका साथी (शशिधर तिमिल्सिना स्मृतिग्रन्थ)’ सार्वजनिक
बनेपा– काभ्रे जिल्लाका प्रतिष्ठित सामाजिक व्यक्तित्व, जनपक्षीय प्रधानपञ्च, शैक्षिक एवं वातावरणीय क्षेत्रका अभियन्ता शशिधर तिमल्सिनाको स्मृति ग्रन्थ शनिबार बनेपामा सार्वजनिक गरिएको छ । शशिधर जनताका साथी (शशिधर तिमल्सिना स्मृतिग्रन्थ) नाम दिइएको उक्त ग्रन्थलाई एक कार्यक्रमका बीच राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिना, पूर्वमन्त्री केशव वडाल र शिक्षासेवी रामप्रसाद तिमल्सिनाले संयुक्त...

बेथानचोकमा राष्ट्रिय युवा संघले विद्यार्थीलाई वितरण गर्यो न्यानो कपडा

बेथानचोकमा राष्ट्रिय युवा संघले विद्यार्थीलाई वितरण गर्यो न्यानो कपडा
गोरखनाथ प्राथमिक विद्यालय बेथानचोक गापा-३ बोल्दे र जनप्रिय प्राथमिक विद्यालय बेथानचोक गापा-३ बतासेका सम्पूर्ण १०० जना विद्यार्थीहरुलाई न्यानो कपडा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य माधव लामाको पहलमा राष्ट्रिय युवा संघ नेपालले बागमती प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री माननीय चन्द्र लामाको प्रमुख आतिथ्यतामा वितरण गरेको छ । चिसोबाट बचाउनका लागि विद्यार्थीहरुलाई न्यानो कपडा वितरण राष्ट्रिय यु...

नमोबुद्ध–५ मा वडा र स्वास्थ्य भवन एकैसाथ शिलान्यास

नमोबुद्ध–५ मा वडा र स्वास्थ्य भवन एकैसाथ शिलान्यास
कानपुर (नमोबुद्ध)– नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरको वडा कार्यलय र स्वास्थ्यको भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले आज आयोजित एक कार्यक्रमका बीच वडा कार्यालय र स्वास्थ्य चौकीको भवन शिलान्यास गरेका हुन् । नमोबुद्ध नगरपालिकाले सबै वडा कार्यालयको भवन निर्माण यही आर्थिक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित वडा नं. ५ मा पनि वडा कार्यालयको सुविधासम्पन्न भवन ...

बनेपामा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश, बनेपा नगर कमिटीको सक्रियता तिब्र

बनेपामा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश, बनेपा नगर कमिटीको सक्रियता तिब्र
काभ्रेपलान्चोक - बनेपा नगरपालिका भित्र बसोबास गर्ने विभिन्न पार्टी परित्याग गरि ११० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । अन्य पार्टीका जिम्मेवार पदमा भएका व्यक्तिहरू एमालेमा प्रवेश गरेका हुन् । आज नेकपा एमाले बनेपा नगर कमिटीको विस्तारित बैठक तथा आउदै गरेको १० औं जिल्ला अधिवेशनको सन्दर्भ कार्यक्रम गरेको बेला बनेपा नगर कमिटीले पार्टी प्रवेश कार्यक्रम पनि राखेको थियो । नेकपा एमाले बनेपा नगर कमि...

बनेपाका सन्देशले जिते बंगलादेशमा स्वर्ण, बनेपाकै अर्का खेलाडी थापालाई रजत पदक

बनेपाका सन्देशले जिते बंगलादेशमा स्वर्ण, बनेपाकै अर्का खेलाडी थापालाई रजत पदक
बनेपा-बंगलादेशको राजधानी ढाकामा सम्पन्न भएको अन्तराष्टिय बि.जि. कराँते प्रतियोगिता २०२१ फुलकन्टयाक्ट कराँते पुरुष खुल्ला तौल समुहमा काभ्रे बनेपाका सन्देश मानन्धरले स्वर्ण पदक जितेका छन् । नेपाल क्योकुशिन–सेइसिन काईकान कराँते संघका खेलाडी मानन्धर उक्त प्रतियोगितामा प्रथम हुन सफल भएका हुन् । उनले यस अगाडि २०७३ मा प्रथम प्राइम मिनिस्टर र थर्ड नेशनल मोइथान च्याम्पियनसिपमा स्वर्ण ...

गीता अधिकारीको ‘श्वास फेरी…’ सार्वजनिक 

गीता अधिकारीको ‘श्वास फेरी…’ सार्वजनिक 
सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी…’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीता अधिकारीको सभापतित्वमा भएको गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष व...

बिन्धबासिनी माविको ४४ बार्षिकोत्सवमा पत्रकार पौडेल सम्मानित

बिन्धबासिनी माविको ४४ बार्षिकोत्सवमा पत्रकार पौडेल सम्मानित
बनेपा - काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० माझी गाउँमा रहेको बिन्धबासिनी मावि,४४ बर्षमा प्रवेश गरेको छ । सो अवसरमा शिक्षा, समाजसेवा, पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै मण्डनदेउपुर नगरपालिका मेयर टोकबहादुर वाइवाले निर्वाचनको समयमा बोलेका धेरै कुरा आफूहरुले पुरा गरिरहेको बताउनुभएको छ । संघीय सरकारले गर्नु पर्ने शिक्षा...