काभ्रे । जिल्लाको खानिखोला गाउँपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । सातै वडाका १० किसानलाई बिहिवार ५० प्रतिशत अनुदानमा १० वटा भैँसी वितरण गरिएको हो ।
खानिखोला गाउँपालिकाको सहयोगमा बिहिवार उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यो भैंसी बितरण कार्यक्रमले जनतामा उत्साह र युवाहरू बिदेश जनाबाट रोकावट हुने र पशुपालन पकट क्षेत्र बनाउन सक्ने बिश्वास प्रकट गरे ।
किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत हेमन्त घिमिरेले जानकारी दिए । उनले भैँसीसँगै किसानलाई भैसिको बिमा औषधि समेत वितरण गरिएको बताए ।
अधिकृत घिमिरेका अनुसार गाउँपालिका र प्रदेश सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ । पकेट क्षेत्र सञ्चालनका लागि १० वटा कृषि फर्म गाउँपालिकामा निवेदन आएका फर्मका लागि भैंसी बितरण गरेको हो ।
भैंसी अनुदानमा पाउने फर्महरु देउराली कृषि तथा पशुपंक्षी फर्म, मंगल तितुङ वडा न: ६ देउराली कृषि तथा पशुपंक्षी फर्म, अबिना तितुङ वडा न: ६ चौतारा कृषि तथा पशुपंक्षी फर्म नीर बहादुर थिङ वडा न : २ राकेश कृषि तथा पशुपंक्षी फर्म छोरी मायाँ बल वडा न : ५ लुइचे कृषि तथा पशुपंक्षी फर्म कल्पना गोले वडा न : ६ जनभावना कृषि तथा पशुपंक्षी फर्म पावन थिङ वडा न: २ राजकुमार कृषि तथा पशुपंक्षी फर्म राजकुमार आचार्य वडा न : ५ प्रगती कृषि तथा पशुपंक्षी फर्म श्याम लोप्चन वडा न: ४ काजिमान गोले कृषि तथा पशुपंक्षी फर्म काजिमान गोले वडा न: ६ उकाली ओराली कृषि तथा पशुपंक्षी फर्म कान्छी मायाँ भोलन वडा न: ६ पशुपालन फार्म समूह गठन गरी काम गरिएको छ । कार्यक्रम सञ्चालनपश्चात पशुपालन क्षेत्रमा लाग्ने किसान उत्साहित हुने उनको भनाइ छ ।

जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने खानिखोलाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले बताए । उनले किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गरिरहने जानकारी दिए ।

कार्यक्रममा वडा न : ५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान ( बाबु ) लेखापाल बम काजी शेर्पाली, योजना शाखा प्रमुख तथा वडा न : ७ का सचिव मित्र भण्डारी , चण्डीका थापा , पशुप्राविधिकहरु लगाएत कृषकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….