बनेपा / नेपाल तरुण दल बनेपालाई रक्तदान प्रोत्साहान कार्यक्रममा खुल्ला रक्तदान गराएकोमा सम्मान गरिएको छ ।

विश्व रक्तदानको अवसरमा जनस्वास्थ्य कार्यालय काभ्रे र नेपाल रेडक्रस सोसाईटी काभ्रेले तरुण दल बनेपालाई सम्मान गरेको हो । रक्तदान प्रोत्साहान अभियान कार्यक्रममा तरुण दल बनेपाको सकृयतामा १०५ जनाबाट खुल्ला रक्तदान गरिएको थियो । मानवीय सेवाको नमुना उदाहरणको रुपमा चिनिने रक्तदानलाई प्रोत्साहन गरेकोमा सम्मान गरिएको तरुण दल बनेपाका सभापति बिबेक बैजुले बताए । विरामीका लागि सहज रुपमा रगत उपलब्ध गराउने उद्देश्यले बिगतझै अबका दिनमा पनि सकृयतासाथ लागि पर्ने सभापति बैजुले बताए ।

अघिल्लो वर्षपनि नेपाल तरुण दल बनेपाको सकृयतामा १०२ जनाले खुल्ला रक्तदान गराएकोमा नेपाल रेडक्रस सोसाईटी काभ्रेले सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र