आजको मान्छे : ढोंग, पाखण्ड र बदलिँदो समाज
समय बद्लिएको छ। विज्ञान र प्रविधिको अद्भुत विकासले आजको युगलाई ज्ञान र सूचनाको युग बनाएको छ। तर, त्यही समयका साक्षी हामी आजका मान्छेहरूको चरित्रमा हेर्दा एक भयावह यथार्थसँग जुध्नुपर्ने हुन्छ। विकासको चर्को नाराबीच आजको मान्छे भित्र-भित्रै ढोंगी, पाखन्डी, आडम्बरी, अन्धविश्वासी, रुढीवादी, अल्छी र कुलती बन्दै गएको देखिन्छ। सम्पत्ति कमाउने होडले मानवीय मूल्यहरू र नैतिकता बिथोलिएका छन्। सामाज...