आज नेपालमा २ हजार ५४८ मा कोरोना संक्रमण

आज नेपालमा २ हजार ५४८ मा कोरोना संक्रमण
आइतबार थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

विद्यार्थीको भविष्य अन्योलग्रस्त

विद्यार्थीको भविष्य अन्योलग्रस्त
काभ्रेपलान्चोक - कोरोना महामारीका कारण शैक्षिक क्षेत्र डामाडोल भएको छ ।कोरोना महामारीका कारण विद्यालय दुई वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन गराउने अवस्था छैन । कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। अनलाइन शिक्षा प्रणाली पनि खासै प्रभावकारी भएको छैन । ती विद्यार्थीहरुले लिने प्रयोगात्मक परिक्षा पनि निकै महत्त्वपूर्...

किसानलाई आर्थिक अनुदान र कृषि उपकरण हस्तान्तरण

किसानलाई आर्थिक अनुदान र कृषि उपकरण हस्तान्तरण
काभ्रेपलान्चोक – काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० मा रहेका किसानहरुलाई प्रविधिमैत्री बनाई व्यवसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले किसानहरुलाई आर्थिक अनुदान तथा कृषि यन्त्र उपकरणहरु हस्तान्तरण गरिएको छ । स्थानीय चण्डेनी मण्डन साना किसान सहकारी संस्था लिमिटेडले प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा किसानहरुलाई मिनि टिलर ट्याक्टर, मकै पिँध्ने मेसिन र मकै छोडाउने मेसिन र स्प्रेयर पम्प प्रदान गरेको हो ...

नेपाल खेलकुद महासंघ काभ्रेको जिल्ला भेला साउन ३० मा

नेपाल खेलकुद महासंघ काभ्रेको जिल्ला भेला साउन ३० मा
काभ्रेपलान्चोक - नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ काभ्रेले जिल्ला भेला सम्पन्न गर्न नेपाल खेलकुद महासंघका निर्वाचन कमिटीका संमयोजक पुर्ण पान्डेको प्रमुख आतिथ्यतामा आज बैठक बसेको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित नवराज मानन्धरको अध्यक्षतामा शनिबार बैठक सम्पन्न भएको हो । बैठकले यहीँ साउन ३० गते नेपाल खेलकुद महासंघ काभ्रे जिल्ला भ...

एसईई परीक्षाको नतिजा प्रकाशित

एसईई परीक्षाको नतिजा प्रकाशित
काभ्रेपलान्चोक - एसईई परीक्षाको नतिजा प्रकाशितभएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको हो । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइटबाट हेर्न सकिनेछ । साथै, एनसेलको https://result.ncell.axiata.com मा गई आफ्नो नतिजा हेर्न सकिन्छ । आफ्नो सि...

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित
काभ्रेपलान्चोक - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।  

जापान सरकारले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

जापान सरकारले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो
काभ्रेपलान्चोक - जापान सरकारले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो । कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।

आजदेखि देशभर ‘मास्क अभियान’ सुरु

आजदेखि देशभर ‘मास्क अभियान’ सुरु
काभ्रेपलान्चोक - आजदेखि देशभर मास्क अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाइ मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिक...

एसईईको नतिजा २ दिनभित्रै आउने, साउन २५ गते सम्म सार्वजनिक गर्ने

एसईईको नतिजा २ दिनभित्रै आउने, साउन २५ गते सम्म सार्वजनिक गर्ने
काभ्रेपलान्चोक - सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गते सम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो । बोर्ड (एसईई) हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले परीक्षा प्रकाशनको अन्तिम चरणमा आफूहरू पुगेको र कार्यालयको सर्भर तथा प्राविधि...

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

बालाजु औद्योगिक क्षेत्रमा आगलागी
काभ्रेपलान्चोक - बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको हो । राति दुई बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगो लागेको हो । आगो निभाउन दमकल, पानी ट्यांकरको प्रयोग भइरहेको छ ।