खोप लगाउने क्रममा पोखरा महानगरपालिकामा झडपको स्थिति सिर्जना

खोप लगाउने क्रममा पोखरा महानगरपालिकामा झडपको स्थिति सिर्जना
पोखरा महानगरपालिकाका वडाहरुमा जोन्सन एण्ड जोन्सनको खोप लगाउने क्रममा पोखरा महानगरपालिका वडा न १५ मा झडपको स्थिति सिर्जना भएको छ । बिहान ९ बजेदेखि ५ बजेसम्म लगाउने खोपमा स्थानीय जनप्रतिनिधि हरुले आफ्नो मान्छेलाई छिराएको र कम उमेरका जनप्रतिनिधि आफैले खोप लगाएको भन्दै बिवाद भएको हो । आक्रोशित जनताले जनप्रतिनिधि लाई हामी बिहान देखि पालो कुरेर बस्ने पहुँच हुने ब्यक्ति ले फोनको भरमा खोप ल...

नेपाली चेलीलाई अवैध रुपमा भारत पुर्‍याउने दुई युवती पक्राउ

नेपाली चेलीलाई अवैध रुपमा भारत पुर्‍याउने दुई युवती पक्राउ
पर्सा- भारत विहारको छौडादानोबाट प्रहरीले दुई जना नेपाली चेलीको उद्धार गरी नेपाल फिर्ता ल्याएको छ । रोजगारको बाहानामा अवैध रुपमा भारत पुर्‍याइएकी झापा जिल्ला निवासी १६ वर्षीय र २० वर्षीय चेलीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साले उद्धारगरी वीरगन्ज ल्याएको हो । दुई साता अगाडी झापाबाट हराएकी दुवै युवतीहरु छौंडादानोमा रहेको सुचनाका आधारमा गत ...

नुवाकोट र रसुवाको मूल सडकमा अहिले आकस्मिक यातायातका सवारीसाधनसमेत अवरुद्ध

नुवाकोट र रसुवाको मूल सडकमा अहिले आकस्मिक यातायातका सवारीसाधनसमेत अवरुद्ध
काभ्रेपलान्चोक - निरन्तरको वर्षाको कारण बुधबार राति भासिएको नुवाकोटको बट्टार र विदुर जोड्ने ब्यारेक खोल्सामा ह्युम पाइप राखेर बनाइएको पुल । उक्त पुलमा क्षति पुगेसँगै सहज किसिमको बैकल्पिक सडक नहुँदा नुवाकोट र रसुवाको मूल सडकमा अहिले आकस्मिक यातायातका सवारीसाधनसमेत अवरुद्ध भएको छ । तस्वीर : रामहरि न्यौपाने/ रासस

खुल्यो मैलुङखोलाको आइपिओ, लगत्तै अरू दुई कम्पनीको खुल्ने 

खुल्यो मैलुङखोलाको आइपिओ, लगत्तै अरू दुई कम्पनीको खुल्ने 
आजदेखि मैलुङखोला जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ  । कम्पनीको आइपिओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ। अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो।

यी १७ जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा

यी १७ जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा
काभ्रेपलान्चोक - निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ।   सरकारले यससँगै १७ जिल्लाल...

प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने राष्ट्रपतिको विश्वास

प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने राष्ट्रपतिको विश्वास
काभ्रेपलान्चोक - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्र्तराष्ट्रियस्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने विश्वास व्यक्त गरिकी छिन् । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले अन्र्तराष्ट्रियस्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने लक्ष्यमा पुग्न लागेको भन्दै खुसी ब्यक्त गरेकी छिन् ।राष्ट्रपतिको सन्देशमा पृथ्वीमा बाघको...

कोरोना संक्रमण बढेपछि झापाका १० स्थानीय तह सिल

कोरोना संक्रमण बढेपछि झापाका १० स्थानीय तह सिल
काभ्रेपलान्चोक - कोभिड-१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिल गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिल गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्स...

महानगरपालिकाले आज ५० वर्ष देखि माथिकालाई भेरोसेल खोप लगाउँदै

महानगरपालिकाले आज ५० वर्ष देखि माथिकालाई भेरोसेल खोप लगाउँदै
काभ्रेपलान्चोक - काठमाडौं महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउदैं छ । भेरोसेल खोपको पहिलो मात्रा आज उक्त उमेर समूहका नागरिकलाई ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूमा लगाउन लागिएको हो । आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म पहिलो मात्राको खोप लगाउन सकिने महानगरले जनाएको छ । खोप लगाउन नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै...

बुद्धभूमिको सिंचाइ योजना सञ्चालनमा

बुद्धभूमिको सिंचाइ योजना सञ्चालनमा
काभ्रेपलान्चोक - कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ३ दुवियास्थित भरही सिंचाइयोजना सञ्चालनमा आएको छ । एशियाली विकास बैंकको सहयोगमा विगत चार वर्ष देखि योजना सञ्चालनमा आएसंगै यहाँका किसानले समयमै खेतीपाती गर्न पाएका छन् । कपिलवस्तुको दुवियामा निमार्णाधीन भरही सिँचाई योजना संचालनमा आएसंगै दुई सय हेक्टर जमिन सिंचित भएको छ भने १५ सय स्थानीय लाभान्वित भएका छन् । एशियाली विकास बैँकको तीन करोड २७ ...

मण्डनदेउपुरमा नेपालकै ठुलो औद्योगिक ग्राम निर्माण कार्य सुरु

मण्डनदेउपुरमा नेपालकै ठुलो औद्योगिक ग्राम निर्माण कार्य सुरु
मण्डनदेउपुर– काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ गैरिचौरमा नेपालकै ठुलो औद्योगिक ग्रामको निर्माण कार्य सुरु भएको छ । ७ सय ७१ रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको औद्योगिक ग्राम क्षेत्रफलका आधारमा नेपालकै ठुलो हो । ग्राम निर्माणका लागि गत आर्थिक वर्ष बागमती प्रदेश सरकारबाट १ करोड ५० लाख रकम विनियोजन भएकोमा ७७ लाख खर्च भएको छ । प्रारम्भिक चरणमा करिव ७० रोपनी जमिन सम्याउने, घेराबार लगाउने र पाले घ...