रोशी कप २०८० मा वडा नं. ९ विजयी
रोशी गाउँपालिका वडा स्तरीय ‘रोशी कप २०८०’ फूटबल प्रतियोगितामा वडा नं. ९ विजयी भएको छ । कार्तिक ३ गतेबाट नेपालीहरूको महान चाड विजया दशमी २०८० को पावन अवसरमा आयोजित प्रतियोगितामा वडा नं. ९ विजयी भएका हुन् ।
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ शुरु भएको प्रतियोगिताको समापन शुक्रबार भएको हो । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा पिन्थली युवा क्लवले आयोजना गरेको वडास्तरीय फूटब...