
बनेपा, नेपाल कम्यूनिष्ट पार्टी ९एमाले० काभे्रपलाञ्चोक जिल्ला कमिटीको २०८१ बैशाख २८ गते बनेपामा भएको १० औं पूर्ण बैठकले पार्टीको ११ औं जिल्ला अधिवेशन २०८१ जेठ २८, २९ र ३० गते ऐतिहासिक नगरी धुलिखेलमा भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले नेकपा (एमाले) काभ्रेपलाञ्चोक जिल्लाको अधिबेशनको उद्घाटन नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्ने निर्णय गरेकोे छ । अधिवेशनमा जिल्लाका भूगोल, जनसंगठन र विधान बमोजिमका निकायबाट करिव सात सय प्रतिनिधिको सहभागिता रहने छन् । प्रतिनिधिहरुको छनौट जेठ १८ र १९ गते एकै पटक गर्ने निर्णय भएको छ ।
अधिवेशन तयारीका लागि पार्टी अध्यक्ष अशोक व्याञ्जूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन समिति, उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र धुलिखेल नगर कमिटीको संयोजकत्वमा मञ्च तथा खाना ब्यवस्थापन समितिको गठन गरिएको छ ।
नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीका सचिव राजन भुर्तेका अनुसार यो जिल्ला अधिबेशन पार्टी जीवनको नियमीत कार्यको अलावा पार्टीले अघी सारेको नमुना काभ्रे, सम्वृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने एउटा महत्वपूर्ण अवसर हो । जिल्ला अधिवेशनलाई भब्यतापूर्वक सम्पन्न गर्न सिंगो पार्टीपंक्ती र आम काभ्रेली जनसमुदायलाई नेकपा एमाले काभ्रे जिल्ला कमिटीले अपिल समेत गरेको छ ।


			बिज्ञापन
			
			



                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          