काभ्रे । यतिबेला जनतालाई आफ्नो देशको लिडरशिप र देशको अस्थिरता प्रति सर्वत्र वितृष्णा छाइरहेको छ । संघ देखि प्रदेश अनि स्थानीय सरकारको काम प्रभावकारी नहुँदा जनताहरू जनप्रतिनिधि प्रति समेत अवाक छन् । तर, एक जनप्रतिनिधि जो पृथक शैलीमा गाउँमा खटिरहेका छन् । उनले आफू चुनावमा होमिदै गर्दा बोलेका तमाम प्रतिवद्वताहरु नोट गरी/गरी पूरा गर्दै छन् ।

गाउँका जनताको गुनासोलाई आफ्नो मूल एजेन्डा बनाएर चुनाव जितेका तिनै जनप्रतिनिधीहरु मध्ये कयौले त्यो समय र प्रतिवद्धता आफ्नो स्वार्थ पूरा भए पछि भूली सकेका छन् । तर, एक वडाअध्यक्ष जसले आफ्नो नोट बुकमा टिपोट गरेका हरेक प्रतिवद्धताहरु पालै पालो पूरा गर्दै छन् । उनी हुन काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर. ३ का वडा अध्यक्ष रमेश तिवारी । उनको पछिल्लो प्रतिवद्वता पूरा हुँदै छन् । बुचाकोट, चरुवा हुँदै भेडाबारी कालो पत्रेको टेण्डर निस्किसकेको छ । यो सँगै उनको जनता सामु गरिएको एक महत्वपूर्ण प्रतिबद्धता पनि पूरा हुनेछ ।

बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौंडा, मकवानपुरबाट सो पिचको लागि आवश्यक बजेट छुट्याई कार्यान्वयनको चरणमा पुगेको छ ।

उनले कृषि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यमा आफ्नो प्रतिवद्वता अनुसार काम गरिरहेका छन् । नेताको काम गफ मात्र गर्ने यिनीहरूको काम छैन भन्नेहरुको लागि उनको कामले गलत साबित गराएको छ । तिवारी गएको बैशाख ३० गते सम्पन्न भएको स्थानियतहको निर्वाचनबाट नमोबुद्ध नगरपालिका वडा नम्बर ३ मा वडाअध्यक्षमा निर्वाचित भएको थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..