काभ्रे बास्केटबल संघको आयोजनामा अर्को महिना प्रथम अल नेपाल काभ्रे थ्री बाइ थ्री बास्केटबल हुने भएको छ । प्रतियोगितामा महिला र पुरुषतर्फको प्रतिस्पर्धा हुने काभ्रे बास्केटबल संघले जनाएको छ ।

काठमाडौं विश्वविद्यालयको बास्केटबल कोर्टमा जेठ २६ गते हुने प्रतियोगिताको दुवैतर्फको विजेताले २५ हजार र दोस्रो टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सहभागिताका लागि टोलीले ३ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ ।

प्रतियोगितामा राष्ट्रिय खेलाडीले भने खेल्न पाउने छैनन् । प्रदेशका हाल र पूर्व खेलाडीले भने प्रतियोगितामा खेल्न पाउनेछन् । तर, यू १९ राष्ट्रिय वा प्रदेशका एक मात्र खेलाडीले हरेक टोलीले राख्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..