काभ्रे कांग्रेसमा तिर्थ लामाको शसक्त टिम घोषणा,सह-सचीवमा सिग्देलको उम्मेदवारी

काभ्रे कांग्रेसमा तिर्थ लामाको शसक्त टिम घोषणा,सह-सचीवमा सिग्देलको उम्मेदवारी
काभ्रेपलान्चोक - नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आठौं जिल्ला अधिवेशनको लागि सभापति पदका उम्मेदवार तिर्थ लामाले शसक्त टिम घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले नेतृत्व गरेको उक्त समूहले सबै भेग समेटेर बौद्धिक, पार्टीमा योगदान गरेका इमान्दार कार्यकर्तालाई उम्मेदवार बनाएको हो । २०७० सालको निर्वाचनमा कम्युनिष्टको गढ मानिने क्षेत्रमा कांग्रेसलाई विजय गराएका लामा स...

एमाले महाधिवेशनमा काभ्रे जिल्लाका नेता कर्याकर्ताको बाक्लो उपस्थिति

एमाले महाधिवेशनमा काभ्रे जिल्लाका नेता कर्याकर्ताको बाक्लो उपस्थिति
      चितवन - काभ्रे जिल्ला बाट पनि नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बाक्लो सहभागिता देखिएको छ । जिल्लाका १३ वटा नै स्थानीय तह बाट नेता कर्याकर्ताहरु महाधिवेशनमा पुगेका छन् । नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बनेपा नगर बाट अरु नगरको भन्दा नेता कर्याकर्ताको बाक्लो उपस्थित रहेकोे जिल्ला स्तरीय नेताले काभ्रे प्रेस लाई जानकारी दिएका छन् ।  पाँच लाख मानिसको सहभागितामा आज नेकपा एमालेका अध्यक्ष केपि ...

काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल

काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल
बनेपा - काभ्रे नेपाली काग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापति पदका उम्मेदवार महेश खरेल ८८ मतले विजयी भएका छन् । नेपाली कांग्रेस बेथानचोक युवा नेता मछिन्द्र कुमार लामाले दिएको जानकारी अनुसार मधु प्यानलबाट सभापतिको उम्मेदवार रहेका खरेल सभापति पदमा विजयी भएका हुन ।

पार्टी सचिवको तयारीमा : गोकुल बास्कोटा

पार्टी सचिवको तयारीमा : गोकुल बास्कोटा
काभ्रेपलान्चोक - एमाले केन्द्रीय सदस्य, काभ्रे जिल्ला इन्चार्ज, पुर्व मन्त्री गोकुल बास्कोटाले आसन्न महाधिवेशनमा परिस्थितिअनुसार सचिवमा उठ्न सक्ने बताएका छन्। एमालेको दसौं महाधिवेशनमा केन्द्रित रहेर सेतो पाटीले एमाले केन्द्रीय सदस्य, काभ्रे जिल्ला इन्चार्ज, पुर्व मन्त्री गोकुल बास्कोटासँग गरेको कुराकानी हेर्नुस्  एमालेको दसौं महाधिवेशनमा केन्द्रित रहेर...

एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन

एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन
काभ्रेपलान्चोक - नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । एमालेको मंगलबार भएको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएको ...

काँग्रेस १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै

काँग्रेस १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै
काँग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षको बढी निर्वाचित भएपछि सभापति देउवा हौसिएका छन् । केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार मंगलबार साँझसम्म ५६ जिल्लामा क्षेत्रीय अधिवेश...

फोहोरलाई ‘मोहोर’ बनाउन सिक्दै नमोबुद्धका महिला

फोहोरलाई ‘मोहोर’ बनाउन सिक्दै नमोबुद्धका महिला
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहोरलाई ‘मोहोर’ बनाउने अभियान सुरु गरेको छ । घर तथा टोलमा फालिएका प्लाष्टिकबाट दैनिक उपयोगका तथा सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेको हो । हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार नारासहित नगरपालिकाले विभिन्न वडाका १८ जना महिलालाई सीप विकास तालिम दिइरहेको छ । मंसिर ५ गतेदेखि सञ्चालन भइरहेको तालिम ९ गते सम्पन्न हुनेछ । न...

देश एमालेले बनाउछ : केपी शर्मा ओली

देश एमालेले बनाउछ : केपी शर्मा ओली
काभ्रेपलान्चोक - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बिकासको लागि पहिला हरेक ब्यक्ती आआफ्नो कार्यक्षेत्रमा तल्लीन हुनुपर्ने र यदि कार्यक्षेत्र नभए एमालेलाई भोट हाल्ने देश एमालेले बनाउने बताउनुभएको छ ! एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रज्ञा भबन कमलादिमा आयोजना गरेको कार्यक्रम अखिल साँझमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले शिशिर योगिको यहाँ देशमा एक मान्छे खोजिरहेछु गितको जबाफ फर्क...

गोकुल बाँस्कोटाको टिप्पणी : एमालेभित्र आफुलाई खोजौं, आफुअनुकुलको एमाले खोज्ने होइन

गोकुल बाँस्कोटाको टिप्पणी : एमालेभित्र आफुलाई खोजौं, आफुअनुकुलको एमाले खोज्ने होइन
काभ्रेपलान्चोक - नेकपा एमालेका युवा नेता, पुर्व मन्त्री, काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले आफ्नो पार्टी विरुद्धको घेराबन्दी तोड्ने नीति र विधि विधान महाधिवेशनले बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्–’एमाले विरूद्दको घेराबन्दी तोड्ने नीती र बिधी बिधानमहाधिवेशनले बनायो।अब त्यसलाई ब्यवहारमा उतार्न दृढ ईच्छाशक्ति,गतिशीलता र सुदृढ एकताको ईन्द्रेणी नेत्तृत्व चुन्ने काम चित...

गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा निर्विरोध चयन भए एमाले महाधिवेशन प्रतिनिधि, को–को परे ?

गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा निर्विरोध चयन भए एमाले महाधिवेशन प्रतिनिधि, को–को परे ?
   काभ्रेपलान्चोक - नेकपा एमालेका युवा नेता, पुर्व मन्त्री, जिल्ला इन्चार्ज गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा नेकपा एमालेले सर्वसम्मत रुपमा १०औँ राष्ट्रिय महाधिवेशनका लागि ३४ जना प्रतिनिधि छनोट गरेको छ । समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेसी क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो । महाधिवेशन प्रतिनिधि, को–को परे हेर्नुस् ।