खानीखोला,काभ्रे । काभ्रेको खानिखोला गाउँपालिका वडा नः ७ मिल्चेमा मिटर बक्स र आँखा शिविर सम्पन्न भएको छ । शुक्रबार खानिखोला गाँउपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यातामा कार्यक्रम सम्पन्न भएको हो ।

तिलगंगा आँखा अस्पताल काठमाडौको सहाकार्य र खानिखोला वडा नं. ७ र मिल्चे स्वास्थ्य चौकीको समन्वयमा मिल्चेमा १ दिन आँखा शिविर सम्पन्न गरेको छ । शिविरमा २०० जना भन्द बढीको आँखा जाँच गरी दीर्घकालीन समस्याको बारे आवश्यक सुझाव सहित सामान्य आँखा रोगीलाई औषधी निःशुल्क बितरण गरीएका थिए । शिविरमा तिलगंगा अस्पतालका अनिशा जोसि,अनिल पण्डित र हिकमत हिमालले सेवा प्रदान गरेका थिए ।

शुक्रबार नै एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले खानीखोला ७ का जनतालाई मिटर बक्स वितरण गर्नु भएको छ । वडा नः ७ मा जम्मा ५०९ घर धुरी भएकोमा हाल वडा कार्यलयमा निवेदनको आदारमा केन्द्रिय लाईनको मिटर बक्स २०३ जनालाई वितरण गरेको हो ।

कार्यक्रममा उपस्तिथि सम्पुर्ण वडा बासीहरु सदबाहार जनताको समस्य सावधान र समस्यको उपचारमा लाग्ने र वडा बासीहरुले जिताउनु भएको र चुनावी अभियानमा दिएको प्रतिबद्धता साथ अघि बढेर काम गर्ने र जनताको समस्यको सावधानमा लाग्ने वडा अध्यक्ष राम मोक्तानले बताए ।

खानिखोला गाउँपालिकाको ७ वटा वडा माध्ये केही वडामा मिटर बक्स वितरण गरी बती बलिसकेको र केही वडा मिटर बक्स जोड्न बाँकी रहेको गाउँपालिका अध्यक्ष थिङ बताउनु भयो । बाँकी सबै वडामा केन्द्रिय लाईनको काम तीब्र गतिमा भइरहेको अध्यक्ष थिङले बताएउनु भयो ।

मिटर बक्स ल्याउनका लागि खगेन्द्र खुलाल , बिष्णु थापा र वडा सचीव लगायतले सहजीकरण गरेका थिए

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..