राजन थापालाई एकै स्टेजमा तीन राष्ट्रले गर्यो सम्मान
काठमाडौं । दोस्रो टी–२० ह्विलचियर क्रिकेट एसिया कप २०२३ को अवसरमा समाजसेवी एवं पत्रकार राजन थापा सम्मानित भएका छन् । बुधबार देखि सुरु भएको ह्विलचियर क्रिकेट एसिया कपको समापन कार्यक्रममा समाजसेवी थापालाई भारत र सह आयोजक नेपालले सम्मान गरेको हो । यस्तै, आयोजक पाकिस्तानबाट भने उनलाई मायाको चिनो प्रदान गरिएको थियो ।कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतियोगितामा आयोजक पाकिस्तान, स...