काठमाडौँ : कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ। उहाँको निधन बिहीबार हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा भएको हो। वडाध्यक्ष थापाको निधनको खबरपछि नगरपालिकाले शोक विज्ञप्ति जारी गर्दै पालिकाअन्तर्गतका वडा कार्यालयहरू, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्थाहरू, आयुर्वेद औषधालय, र संस्थागत तथा सामुदायिक विद्यालयहरूमा आज बिदा दिएको जनाएको छ।
प्रदेश खवर

