
काभ्रे । काठमाडौं विश्वविद्यालयको सहकार्यमा सञ्चालित केयू ग्लेसियरको ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट (विपिएच) को पाचौं व्याचका ३२ विद्यार्थीलाई कोर्षबारे अभिमुखिकरण गरिएको छ । विश्वविद्यालयको सि.भि. रमण हलमा आयोजित कार्यक्रममा कोर्षबारे अभिमुखिकरणका साथै अघिल्ला ब्याचमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो ।

केयू स्कुल अफ म्यानेजमेन्टका एशोसिएट डिन डा. खगेन्द्र आचार्य, प्रोगाम कोअर्डिनेटर आशा थापा मगर, कलेजका प्रोगाम कोअर्डिनेटर अनुप विष्ट लगायतले उनीहरुलाई अभिमुखिकरण गरेका थिए ।

ग्लेसियर कलेज सञ्चालक समितिका अध्यक्ष भोला थापाले स्वदेश र अन्तराष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न हस्पिटालिटी क्षेत्रको पढाइ थालिएको बताए।


कलेजका प्रोगाम कोअर्डिनेटर अनुप विष्टका अनुसार, सन् २०२२ प्रेबुअरीबाट शुरु भएको कार्यक्रमको चौथो व्याच तयार भइसकेको छ । पहिलो अन्तिम सेमेस्टर (आठौं) समेष्टर अन्तर्गत अन्तराष्ट्रिय क्षेत्रमा इन्टर्नसिप गरिरहेका छन् । प्रिन्सिपल इन्दु थापाले पर्यटन, होटल, वायु सेवा लगातयका क्षेत्रमा सम्भावना रहेको विपिएच विषय विद्यार्थीको रोजाईमा रहेको बताइन् ।


