बेथानचोक गाउँपालिका वडा नं –३ मा वृद्ध वृद्धाहरूलाई सम्मान गरिएको छ ।

वडा कार्यालयको आ.व २०७९।८० को स्वीकृत निति तथा कार्यक्रम अन्तर्गत वडा अध्यक्षसङ्ग वृद्धवृद्धा कार्यक्रम शिर्षक अनुसार सो कार्यक्रम सम्पन्न गरियको हो । वडाअध्यक्ष कुबेर ढकालको नेतृत्वमा वडा सदस्यहरू वाशु तिमल्सिना, बलराम बजगांई, चरिमाया तामाङ र सुनिता कामी संलग्न भयको कार्यक्रममा कर्मचारीहरू राजकुमार श्रेष्ठ सहित स्थानीय नेता दलबहादुर मगरको उपस्थिती थियो ।

वडा नं ३ च्याल्टि डाँडा, बोल्दे, गोर्खाली गाउँ, लप्सिबोट, महांकाल डाँडा बतासे ,फाँट, कुनेखर्क मा बसोवास गर्नु हुने र वडा नं ३ मा स्थाई ठेगाना भई पनौती, बनेपा र काठमाडौंमा बसोवास गर्ने ८० बर्षदेखि १०७ बर्ष सम्मका ३० जना वृद्ध वृद्धाहरूलाई घरघरमा पुगि भेटघाट सहित सम्मान गरिएको थियो भने केहिलाई भने भेटघाट तथा सम्मान गर्न बाँकि रहेको वडाअध्यक्ष कुवेर ढकालले बताउनु भयो। यस कार्यक्रमले जन प्रतिनिधिसहित वडा कार्यालय र वृद्ध वृद्धाहरू बिचमा आपसी सद्भाव कायम रहने र वडाको उपस्थिती घरघरमा हुने महसुस वृद्धाहरूले गर्ने हुँदा विगत देखिको यो कार्यक्रम अत्यन्त फलदायी भएको वडा सदस्य वासु तिमल्सिनाले जानाकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly