काभ्रे – जिल्लामा रहेका सहकारी संस्थाहरु सवल, सक्षम र नियमन सहित अनुगमनका लागि अवस्था विश्लेषण सहित आगामी बाटो तय गर्नका लागि बागमती प्रदेश सँस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी विकास बोर्डको आयोजना तथा जिल्ला सहकारी संघ लि. काभ्रेको समन्वयमा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा एक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाले प्रदेश सरकारले सहकारी संस्थाको नीतिगत रुपमा गर्दै आएको र सहकारी ऐन नियममा भएका व्यवस्था अनुगमन र नियमनमा गर्दै आएका बिषय सहित आगामि बाटो कसरी जान सकिन्छ भन्ने बिषयमा प्रस्तुतीकरण गर्नु भएको तियो भने समग्र काभ्रेपलाञ्चोक जिल्लामा सहकारी अभियान र जिल्ला सहकारी संघ लि. ले गर्दै आएका कार्यहरुको बारेमा जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माले प्रस्तुती गर्नु भएको थियो ।

शर्माले सहकारी क्षेत्रमा जिल्ला सहकारी संघ लि ले स्थानीय सरकारहरुसँग बरावर सम्पर्क रहि सहकारी अभियानमा कार्य गर्दै आउको र हाल सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि गर्दै आएको भूमिका सहित स्थानीय सरकार र प्रदेश सरकारबाट अपेक्षा गरिएका बिषयमा जानकारी गराउनु भएको थियो । राज्यको तर्फबाट सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नियमन र अनुगमनका कार्यहरुलाई तदारुकताका साथ अगाडि बढाउनु पर्ने, सहकारी क्षेत्रलाई बजेट व्यवस्थापन गर्दै यसको विकास, विस्तार र प्रवद्र्धनमा लाग्नु पर्ने, जिल्ला सहकारी संघमा आबद्ध नभएका सहकारी संस्थाहरुलाई आ आफ्ना पालिकाहरुबाट अनिबार्य आबद्ध गराउन पहल गर्नुपर्ने जस्ता बिषयमा आफ्ना भनाइहरु राख्नु भएको थियो भने सहकारीहरुको संख्या कमी गराउन एकिकरणका बिषयहरुलाई प्रोत्साहन स्वरुप रकम व्यवस्थापन गरी फोर्स मर्ज गराई नियमन र अनुगमनमा सहजता पैदा गराउनु पर्ने बिचार राख्नु भएको थियो ।

पानसमा दीप प्रज्वलन गर्दै सुरु भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी सहकारी मन्त्रि पुकार महर्जनले बागमती प्रदेश सहकारी मन्त्रालय मार्फत सहकारी क्षेत्रमा देखा परेका समस्या समाधान गर्नका लागि अनवरत रुपमा लागि परिरहेको बिचार राख्दै ऋण लिएर संस्थामा समस्यामा पार्नेहरुका लागि कानूनी रुपमा नै अगाडि बढ्न तयार रहेको र मन्त्रालय मार्फत निर्देशन दिइसकिएको जानकारी गराउनु भएको थियो । अन्य प्रदेशहरु भन्दा पनि हामी यस क्षेत्रमा अनवरत रुपमा लागेका छौं । यसमा काभ्रेमा रहेको जिल्ला सहकारी संघ लि. ले पनि राम्रै कार्यहरु गर्दै आइरहेको छ भन्दै तपाइहरु सबै एकताबद्ध रुपमा समस्या समाधानका लागि लाग्नुहोस सरकारले कहाँ के कस्तो सहयोग गर्नपर्छ म तयार छु भन्नु भएको थियो ।

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख, मण्डनदेउपुर नगरपालिका प्रमुख उप प्रमुख, पनौती नगरपालिका प्रमुख उप प्रमुख, धुलिखेल नगरपालिका उप प्रमुख, पाँचखाल नगरपालिका उप प्रमुख, नमोबद्ध नगरपालिका उप प्रमुख, भूम्लु गाउँ पालिका अध्यक्ष, रोशी गाउँपालिका अध्यक्ष, सहकारी शाखा प्रमुख लगायत स्थिरीकरण कोष सञ्चालक सदस्य प्रकाश बञ्जरा, प्रदेश सहकारी संघका अध्यक्ष राशरण शर्मा, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, जिल्लाका बिषयगत संघका अध्यक्ष नारायणप्रसाद बडाल, बहुउद्देश्यीय संघका बिधान जोशी, कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन वस्नेत, जिल्ला सहकारी संघ लि. का पदाधिकारी र पत्रकारज्यूहरुको समेत उपस्थित रहेको थियो ।

बागमती प्रदेश सरकारसँगको स्थानीय जन प्रतिनीधिसँको अन्र्तक्रिया कार्यक्रम सम्भवत नेपालमै पहिलो हो । कार्यक्रमले आगामी दिनहरुमा स्पष्ट बाटो निर्धारण गर्न सहज हुने र कानूनी रुपमा अगाडि बढ्दै सहकारी क्षेत्रको विकास विस्तार गर्न सहज हुने विस्वास लिइएको छ भने कार्यक्रमले उत्साह पैदा गरेको सहभागिहरुको विस्वास गरेका छन् । कार्यक्रम संघका सचिव निरन्जन बिष्टले गर्नुभएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष अमन पोटे श्रेष्ठले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..