पुरानागाउँ –  नमोबुद्व नगरपालिका वडा नं १०, पुरानागाउँले ५० प्रतिशत अनुदानमा हाते ट्रयाकटर (मिनि टिलर) वितरण गरेको छ । उत्पादन, उत्पादकत्व र आम्दानी बढाउने उद्धेश्यले २३ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेको वडाअध्यक्ष रामकृष्ण उपाध्यायले जानकारी दिए ।
नगर उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, कार्यपालिका सदस्य बुद्धकुमारी लामा, वडा सदस्य सन्तोष पाठक, कुमार सिं लामा, गीता विश्वकर्मा लगायतको उपस्थितीमा हाते ट्रयाकटर वितरण गरिएको हो ।
नगर उपप्रमुख लामाले नगरले कृषकको हितमा थुप्रै कार्यक्रम र योजना ल्याएको बताउँदै वास्तविक कृषकलाई लाभ लिन अनुरोध गरे । प्रमुख प्रशासकीय अधिकृत लम्सालले अनुदानको सदुपयोग गरेर कृषि उत्पादन र आम्दानी बढाउन अनुरोध गरे । कृषि क्षेत्रमा कम लगानीमा धेरै प्रतिफल दिनको लागि नमोबुद्ध नगरपालिकाले आधुनिक कृषि औजारहरु वितरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly