काभ्रेपलान्चोक – पनौती प्रहरी चौकीले अबैद्य रुपमा बेचविखन हुदै आएको घरेलु मदिरा नष्ट गरेको छ । मदिराको कारण अपराधिक गतिविधि बढेको भन्दै प्रहरी चौकी पनौतीले एक हजार लिटर मदिरा नष्ट गरेको छ । नगरभित्रका विभिन्न मदिरा पसलबाट बरामद गरेको उक्त मदिरा आज (विहीबार) जनप्रतिनिधि, स्थानीयको रोहवरमा प्रहरीले नष्ट गरिएको हो।

प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायव निरीक्षक सन्तोष बानियाँले पनौती नगरपालिका वडा न ४, ५, ६ र ९ का ज्यालेपाटी, बसपार्क, ठाडोबाटो, नमोबुद्धरोड, सुन्थान लगायतका भट्टी पसलबाट बरामद गरिएको मदिरा नष्ट गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अबैध मदिरा बिक्री वितरणका कारण अपराधिक घट्नामा बृद्धि भएको, घरायसी झै-झगडाका घट्ना बढेको, महिला हिंसा लगायत घट्नामा बृद्धि भएको गुनासो आएपछि मदिरा नष्ट अभियान सञ्चालन गरेको बानियाँले जानकारी दिनुभयो । उहाँले मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिने पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो