नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलान्चोक जिल्ला कमिटीको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ। बैठक जिल्ला अध्यक्ष राजन भुर्तेलको अध्यक्षतामा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले “पार्टीलाई बलियो बनाउने अभियानमा सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्छ।” “सिद्धान्तमा स्पष्टता र व्यवहारमा अनुशासन पार्टीका मूल आधार हुन्। विचार, नीति र कार्यक्रममा दृढता आवश्यक रहेको बताए।”
बैठकमा १३ वटै पालिका कमिटीका अध्यक्षहरूले आफ्नो पालिकाको संगठनात्मक रिपोर्ट प्रस्तुत गरेका थिए। जिल्ला कमिटी सदस्यहरूको विभागीय जिम्मेवारी तोकिएको छ भने सचिवालय विस्तार र विभागीय संरचना थप गरिएको छ।
कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष राजन भुर्तेलले “पार्टीको सिद्धान्त र मार्गदर्शन अनुरूप हामीले आगामी रणनीति तय गर्नुपर्छ,” पार्टी अध्यक्षले बैठकमा भन्नुभयो। उहाँले कार्यकर्ताबीचको एकता र संगठनात्मक मजबूतीलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।
बैठकमा एमाले काभ्रेको निवर्तमान जिल्ला अध्यक्ष अशोक कुमार ब्यान्जु श्रेष्ठ, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी र जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो। बैठक बाट नयाँ निर्वाचित पालिका तथा वडा कमिटीहरूलाई बधाई तथा शुभकामना दिइएको छ। बैठकको संचालन पार्टी जिल्ला सचिब राजकुमार सापकोटाले गरेका थिए ।