

काभ्रेपलान्चोक – काभ्रेपलान्चोक जिल्लामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न काभ्रे प्रहरीले ‘तपाईको मास्क खै?’ लेखेको ब्यानरको प्रयोग गरी सचेतना शुरु गरेको छ ।


अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लाउन लगाएको छ ।
बिज्ञापन

यस अघि अनिवार्य मास्कको प्रयोग गर्न गराउन काभ्रे जिल्ला ट्राफिक प्रहरीले प्ले कार्ड प्रदर्शन, सार्बजनिक स्थानमा मास्क बितरण, सार्बजनिक यातायातमा अनिबार्य मास्कको प्रयोग गर्न सचेतना जगाउने, सामाजिक दुरी कायम गर्न र सिट क्षमता भन्दा बढि यात्रु नचढाउन सचेत गर्ने लगायतका कार्यक्रम गर्दै आएको थियो ।
