भुम्लु गाउँपालिका काभ्रेको दुर्गम पालिका भित्र पर्छ । यो पालीकामा १० वटा वडा रहेको छन् । स्थानिय तह आए पछि भुम्लुले मुहार फेरेको बताउँछन् स्थानिय बासी राम प्रसाद चौलागाई ।

उनले स्थानिय तह आउनु भन्दा अगाडीको बाटो, शिक्षा, खानेपानी, स्वास्थ्यको अवस्था हेर्ने हो भने गाउँमा बस्न मन नै नलाग्ने बताउनु भयो । स्थानिय तह आए पछि अहिले हेर्ने हो भने सहर भन्दा गाउँमा धेरै बिकास भएको देख्न सकिन्छ ।

भुम्लु गाउँपालिकामा बसोबास गर्ने मानिसहरु लाई बिरामी हुदाँ सहर सम्म आउनु पर्ने बाध्यता हटेको छ । गाँउपालिकाले अस्पताल निर्माण देखी लिएर सडक पिच, खानेपानी, शिक्षामा प्रबिधिमैत्री, कृषकलाई अनुदान दिने देखी लिएर गाउँपालिकाले धेरै राम्रो काम गरेको बताउछन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचिनमा भुम्लु गाउँपालिकामा नेकपा एमालेका गुमानध्वज कुँवरले ३ हजार ५४८ मत सहित पालिका अध्यक्षमा विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका तस्बीर लामाले २ हजार ९४९ मत र माओवादी केन्द्रका नकुल प्रसाद पराजुलीले २ हजार ३९२ मत ल्याउनुभएको थियो ।

पालिका उपाध्यक्षमा एमालेकै तर्फबाट कल्पना कुमारी श्रेष्ठले ३ हजार ५ सय ३६ मत सहित विजयी हुनुभएको थियो । श्रेष्ठ अहिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्घ हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका शान्ता क्षेत्री थापाले २ हजार ८३० र माओवादी केन्द्रका अनिता गुरुङले २ हजार ३१४ मत प्राप्त गर्नुभएको थियो ।

वडा नम्बर १
यो वडामा माओवादी केन्द्रका खीर बहादुर श्रेष्ठले ६५५ मत सहित वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडा अध्यक्षमा काँग्रेसले १३१ र एमालेले ४३० मत प्राप्त गरेका थिए । यो वडामा एक जना वडा सदस्य एमालेबाट निर्वाचित भएका थिए ।

वडा नम्बर २
यो वडामा एमालेबाट कृष्ण कुमार कार्कीले ३८५ मत सहित वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ अहिले नेकपा (एकीकृत समाजवादी) मा आबद्घ हुनुहुन्छ । वडा अध्यक्षमा काँग्रेसले १५४ मत र माओवादी केन्द्रले २१७ मत प्राप्त गरेका थिए ।

वडा नम्बर ३
यो वडामा स्वतन्त्र तर्फबाट ज्ञान बहादुर तामाङले १४३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडा अध्यक्षयमा काँग्रेसले ९३, एमालेले १०४ र माओवादी केन्द्रले १३० मत प्राप्त गरेका थिए । यो वडामा तीन जना माओवादी केन्द्र र एक जना एमालेबाट वडा सदस्य निर्वचित भएका छन् ।

वडा नम्बर ४
यो वडामा एमालेका लोक बहादुर कुँवरले ६२१ मत सहित वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडा अध्यक्षमा काँग्रेसले १४४ र माओवादी केन्द्रले १५७ मत प्राप्त गरेका थिए । यो वडामा निर्वाचित सिँगो टिम एमालेको छ ।

वडा नम्बर ५
यो वडामा काँग्रेसका अंचल कुमार लामाले ३३८ मत सहित वडा अध्यक्षमा निर्वाचित हुनुहभएको थियो । वडा अध्यक्षमा एमालेले २८० र माओवादी केन्द्रले ३१९ मत प्राप्त गरेका थिए । यो वडामा दुई जना वडा सदस्य माओवादी केन्द्रबाट विजयी भएका थिए ।

वडा नम्वर ६
यो वडामा एमालेका भरत बहादुर शिवभक्तिले २६९ मत सहित वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडा अध्यक्षमा काँग्रेसले २६४ र माओवादी केन्द्रले १३५ मत प्राप्त गरेका थिए । यो वडामा निर्वाचित सिँगो टिम एमालेकै छ ।

वडा नम्बर ७
यो वडामा एमालेका रमेश राज खरेलले ३४१ मत सहति वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडा अध्यक्षमा काँग्रेसले २८१ र माओवादी केन्द्रले १३२ मत प्राप्त गरेका थिए ।

वडा नम्बर ८
यो वडामा एमालेबाट मौतीलाल तामाङले ४१० मत सहित वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो । वडा अध्यक्ष तामाङ अहिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्घहुनुहुन्छ । वडा अध्यक्षमा काँग्रेसले २४५ र माओवादी केन्द्रले ३९५ मत प्राप्त गरेका थिए ।

वडा नम्वर ९
यो वडामा काँग्रेसका दल बहादुर तामाङले ४१८ मत सहित वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडा अध्यक्षमा एमालेले ३९३ र माओवादी केन्द्रले २३७ मत प्राप्त गरेका थिए । यो वडामा दुई जना वडा सदस्य एमालेबाट निर्वाचित भएका थिए ।

वडा नम्वर १०
यो वडामा काँग्रेसका चित्र बहादुर लामाले ४२५ मत सहित वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडा अध्यक्षमा एमालेले ४०७ र माओवादी केन्द्रले ४७ मत प्राप्त गरेको थियो । वडामा सिँगो निर्वाचित टिम नेपाली काँग्रेसकै छ ।

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..