काभ्रे क्षेत्र नम्बर-२ बाट गोकुल बाँस्कोटा सर्वसम्मत सिफारिस
|| आइतबार, भाद्र १९, २०७९
नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं काभ्रे ईञ्चार्ज तथा काभ्रेका बिकाश प्रेमी यूवा नेता गोकुल बाँस्कोटाको नाम काभ्रे निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल रुपमा सर्वसम्मत सिफारिस भएको छ।
आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले बास्कोटाको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको हो। बास्कोटा २०७४मा यस क्षेत्रबाट अत्पाधिक बहुमतका साथ निर्वाचित भएका थिए ।