

तारकेश्वर १ स्थित साङ्ला बालकुमारी मा.वि.ले २०७८ मा एसईई परिक्षामा उर्तिण विद्यार्थीहरुलाई सम्मान तथा बिदाई कार्यक्रम गरेको छ । उक्त्त कार्यक्रमा समाजका लब्ध प्रतिष्ठित ब्यक्त्तित्योहरुले आ-आफ्नो भनाइहरु प्रस्तुत गर्नुभएको थियो तेसैगरी नगर उपप्रमुख बुर्लाकोटीले तारकेश्वोर भित्र रहेका सम्मुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नुको साथै उक्त बिद्यालय बाट एसईई परिक्षामा उर्तिण विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको लागि पर्ने हरेक आवस्यकता नगरपालिकाले पुरा गर्ने बताउनु भयो।

कार्यक्रमकमा सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी थापा रहेका थिए भने स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक टिकाराम भट्टले गर्नुभयो । शिक्षक रामवावु फुयालले कार्यक्रम सञ्चालन गर्नुभयको थियो । कार्यक्रमका प्रमुख अतिथिमा तारकेश्वोर नगरपालिका नगर उपप्रमुख सिर्जना बुर्लाकोटी (अर्याल) हुनुहुन्थ्यो भने तेसैगरी बिदुर सापकोटा – तारकेश्वोर नगरपालिका १ नम्बर, वडा अध्यक्ष , अमर लामा – नेपाली कांग्रेस – नगर कमिटि, सभापति, गोपाल सापकोटा – नेकपा एमाले – नगर कमिटि अध्यक्ष – तारकेश्वोर नगरपालिका, राजन बिडारी – नेकपा माओबादी केन्द्र – नगर कमिटि अध्यक्ष – तारकेश्वोर नगरपालिका लगायत विद्यालयका पुर्व व्यवस्थापन अध्यक्षहरुमा माधब तिमल्सिना, त्यसै गरी राजन थापाका साथै समाजसेवी अजय थापा बिद्यार्थी, क्षिक्षक, बिध्यलायाका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पधादिकारीहरु अविभावक लगायत ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।





