गत असोज ७ गते विज्ञान विषयका शिक्षक सुरज सञ्जेलले कक्षा ९ का विद्यार्थीको परिक्षा लिएका थिए । उक्त परिक्षामा सहभागि विद्यार्थी मध्ये ३ जना मात्रै उत्तिर्ण भएका थिए भने १५ जना विद्यार्थी अनुत्तिर्ण भएका थिए । अनुत्तिर्ण भएका विद्यार्थीलाइ ८ गते शिक्षक सञ्जेलले लठ्ठीले पिटेका थिए । जसका कारण केहि विद्यार्थीको शरिरमा निल, डाम समेत देखिएको छ । विद्यार्थीलाई पिट्नु गलत भएपनि आफ्नो उदेश्य विद्यार्थीलाई दुःख दिनु नभई थप अध्ययनका लागि पुष्ठपोषण गर्नु रहेको शिक्षक सञ्जेलले बताएका छन् । यद्यपी यो घटनाले आफुलाई दुःखी बनाएको भन्दै उनले आगामी दिनमा थप सचेत हुने बताएका छन् ।

यस्तै विद्यालयकी प्रधानाध्यापक निर्मला कुमारी खड्काले व्यक्तिगत रिसिबिका कारण वास्तविकता भन्दा बढी प्रचार भएको बताइन् । कुटपिटबाट विद्यार्थी विरामी भएको भन्ने कुरामा सत्यता नभएको समेत उनले जानकारी दिइन् । उनले सबै विद्यार्थी नियमित विद्यालय आइरहेको बताएकी छन् ।

यस्तै अभिभावक कुमार थापाले आफ्नी छोरी मेनुका थापाले शिक्षकले समान्य कुटपिट गरेको जानकारी गराएको बताए । तर निर्घात कुटपिट गरिएको विषय हल्ला मात्रै भएको थापाले बताएका छन् । यसैबिच कक्षा ९ मा अध्ययनरत छात्रा मनिषा पहरीले आफ्नो अनुमतीविना नै फोटो समाजिक सञ्जालमा राखेर प्रचार गरिएको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।

छिमेकी भगवान पहरीले आफ्नो स्विकृतीविना सामाजिक सञ्जालमा फोटो राखेर आफ्नो र शिक्षकको चरित्रहत्या गरेको उनको गुनासो छ । उनका अनुसार राती पुगेका भगवान पहरीले राती नै विद्यालय पोसाक लगाउन लगाएर फोटो खिचेका थिए । शिक्षकप्रती आफ्नो कुनै गुनासो नरहेको बताउँदै उनले पिटाइ खाँदा भन्दा बढी सामाजिक सञ्जालमा गरिएको प्रचारले मन दुखेको बताइन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत यस विषयमा जानकारी गराउने भगवान पहरीसँग यस बारेमा वुझ्न खोज्दा उनी संपर्कमा आएनन् । चर्चामा आउनका लागि सामान्य विषयलाई पनि राजीतिकरण गर्दै एकअर्कालाई आरोप प्रत्यारोप गर्ने परिपाटीले भर्खरै शिक्षाको सहज पहुँच पुगेको ग्रामिण क्षेत्रको शिक्षाको स्तर झनै खस्कने होकी भन्ने चिन्ता व्यक्त हुन थालेको छ । –  दृष्टि खबर बाट

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.