काभ्रेपलान्चोक – डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको चौधौं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौधौं बार्षिक साधारणसभा सँगै संस्थाले निर्वाचन तालिका सार्वजनिक गर्दै निर्वाचन गराएको थियो । जस मध्य सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् ।

संस्थाको अध्यक्षमा माधव सिग्देल, उपाध्यक्षमा पुरुषाेत्म बजगाई, नवराज बजगाई , सचिवमा बुद्धि कृष्ण घिमिरे, सह-सचिवमा श्रीधर पराजुली, कोषाध्यक्षमा गौतम श्रेष्ठ लगायत सदस्यहरुमा गगां दाहाल, लक्ष्मण श्रेष्ठ, रामशरण बजगाई, कमल दाहाल, शरण प्रसाद पराजुली लेखा तथा सुपरिवेक्षण समितीमा उपेन्द्र दाहाल, सदस्यमा बुद्धिमान तामाङ , रमेश दाहाल निर्बिरोध निर्वाचित भएका छन् ।

सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।

 

 

 

बिहान ११ बजेबाट शुरु भएको १४ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष माधव सिग्देलले गरेका हुन भने राष्ट्रिय सहकारी बैक अध्यक्ष केबि उप्रेती प्रमुख आतिथ्य हुनुहुन्थ्यो ।साधारणसभाको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले उद्घाटन गर्नु भएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केबि उप्रेती सहकारी बारे प्रस्ट पार्नु भएको थियो । डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष माधव सिग्देलले शेयर सदस्यहरुले अन्त बैंक वा सहकारीमा नगई आफ्नै सहकारीबाट कारोबार गर्नुपर्नेमा जोड गर्नु भएको थियो । छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको सिग्देलले बताउनु भयो ।

 

 

साधारण सभामा सहकारीले बाल बचतमा आदर्श श्रेष्ठ, असल ऋणीमा पदम प्रसाद बजगाई, नियमित बचतमा मिठाराम बजगाई, आवधिक बचतमा लक्ष्मी लामालाई सम्मान गरेको थियो । त्यसैगरी लेखा संयोजकमा भुवन श्रेष्ठ, संचालक सदस्यमा लक्ष्मण श्रेष्ठ, लेखा सदस्यमा उमेश दाहाल र राजकुमार दाहाल लाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा संस्थाले जेहेन्दार विद्यार्थीहरु लाई छात्रवृत्ति समेत दिएको थियो । छात्रवृत्ति पाउनेमा सुजिना परियार र दिनेश तामाङ रहेका छन् । 

 

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष नवराज बजगाईले राखेका थिए । पहिलो चरणको कार्यक्रम संचालन उपेन्द्र दाहालले गरेका थिए भने दोश्रो चरणको कार्यक्रम संचालन संस्थाका सचिव बुद्धि कृष्ण घिमिरेले गरेका थिए । 

  

 

साधारणसभामा अध्यक्ष माधव सिग्देल प्रस्तुत गरेको अध्यक्षको प्रतिबेदन, लेखा समितीका संयोजक भुवन श्रेष्ठले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष गौतम श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । सहकारीमा २५ सय जना सेयर सदस्य रहेका छन् ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष रमेश दाहाल, वडा नं. २ का वडा अध्यक्ष राम प्रसाद घिमिरे, वडा नं. १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, निवर्तमान वडा नं ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..