बजारमा गीत संगीत एक पछि अर्को आइरहेको परिपेक्षमा कतिपय गीतहरुले बजार तताएको पाइन्छ भने कतिपय गीतहरु ठिकै मात्र चलेका छन् । नयाँ नयाँ गीत बजारमा आउने क्रममा कलाकारहरु पनि नयाँ नयाँ आएका छन् । कतिपयहरु धेरै चलेका छन् भने कतिपय कलाकारहरु रहरे कलाकार बनेका छन् । यसकै शिलशिलामा अर्जुन गौतम म्युजिक भिडियो निर्देशन बनेका छन र दिन प्रति दिन म्युजिक भिडियोमा व्यस्त देखिन्छन्

“माया गर गौंथली” सार्वजनिक भए लगत्तै चर्चा कमाउदै गरेको देखिन्छ । सञ्चार क्षेत्र र सामजिक सञ्चालमा पनि गित उतिकै गुञ्जि रहेको देखिन्छ। अर्जुन गौतमको मन छुने शब्द सिर्जना र मिन प्रकाश ओली को मनै लोभ्याउने संगीतमा रहेको यस गीतमा दिलिप राना मगर र तारा श्री मगरको आवाज रहेको छ । उक्त गीतको ऐरेन्ज र मिक्सिङ भने महेश बिक्रम पाण्डेको रहेको छ ।

गौतमले निर्देशन गरेको म्युजिक भिडियो धेरै दर्शकले मन पराएका छन् । दर्सकहरुको रुचि अनुसारको म्युजिक भिडियो निर्देशन भएको छ। ” माया गर गौंथली” उक्त म्युजिक भिडियो सुमन ज्योति न्यौपाने (ल्याङ्ग्रे दादा) ईष्टु कार्की र बिना राउत को धमाकेदार अभिनय देख्न सकिन्छ। उक्त म्युजिक भिडियो छायांकन भने बासु न्यौपानेले गरेका हुन नृत्य निर्देशक असोक बिकले गरेका छन्।भिडियो सम्पादन पदम सुबेदी ले गरि 5G मिडिया नामक युट्युब च्यानल बाट सार्वजनिक भएको छ । अरु गीत संगीत जस्तै यस गीत बाट पनि सफलता मिलोस् हाम्रो शुभकामना।
पुरा भिडियो हेर्नुहोस

https://youtu.be/l875NTCua2w

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly