धुलिखेल — ८ बडालगाउँ स्थित श्री जनचेतना युवा समूहद्धारा आयोजित श्रीमतद भागवद धनधान्याञ्चल महायज्ञबाट ६० लाख ४६ हजार ४ सय ७२ रकम संकलन भएको छ । स्थानीय उर्जासिल युवा आचार्य पण्डितहरु रामहरी बडाल, विष्णुहरी बडाल, सुदर्शन बडालले श्रीमद् भागवद महायज्ञमा भक्तजनहरुलाई कथा बाचनबाट ज्ञान बाड्नुभएको थियो । श्रीमद् भागवद महायज्ञ भब्य र सभ्य रुपमा सम्पन्न भएको कुरा संस्थाका संस्थापक अध्यक्ष उद्धव प्रसाद बडालले बताउनुभयो ।

बहल्टारेश्वर महादेव मन्दिर निर्माणर्थ आयोजित श्रीमद भागवदमा उल्लेखनीय सहभागीता जनाई भक्तजनहरुबाट आर्थिक रकम संकलन भएकाले मन्दिर मात्र नभई धर्म, सँस्कृती र संस्कारलाई संरक्षण, संर्वद्धन गर्न धार्मिक आध्यात्मिक अध्ययन प्रतिष्ठान सेवा केन्द्र स्थापना गर्न पे्ररणा मिलेको आचार्य पण्डित सुदर्शन बडालले बताउनुभयो ।

समापन समारोहमा बोल्दै काभे्र प्रतिनिधसभा क्षेत्र नं २ का सांसद एवं पूर्व सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले धर्म , सामाजिक अभियानले नागरिकहरुमा जीवन र जगत बुझ्ने , नैतिक आचरण सकारात्मक विचारको उत्पादन हुने बताउनुभयो । अहिले सम्म म आफू गएको श्रीमद् भागवद महापुराणमा अधिकांस पण्डितहरुले कमाउने धन्दा चलाएको तर बडालगाउँमा यसै क्षेत्रका पण्डितहरुले यस क्षेत्रको नागरिकहरुको चेतना स्तर वृद्धि गर्न धार्मिक अनुष्ठान प्रतिष्ठान निर्माणका लागि पहलकदमी गरेकोमा पण्डितहरुलाई हार्दिक धन्यवाद दिंदै आफूहरुले सक्दो सहयोग उपलब्ध गराउने कुरा पूर्व मन्त्री बास्कोटाले उल्लेख गर्नुभयो । पूर्वमन्त्री रेशम लामा , बागमती प्रदेश पूर्व मन्त्री चन्द्र लामा लगायतको आतिथ्यता रहेको थियो ।

श्रीमतद भागवद चैत्र २७ —२४ गते सञ्चालन समारोहको प्रमुख अतिथिको रुपमा धुलिखेल नगरपालिका नगर प्रमुख अशोक व्याञ्जु हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै यो बिराट श्रीमाद् भागवत महायज्ञले सामाजिक जागरण एकतामा जोड्न सकेकाले विकास र समृद्धिको यात्रामा जोड्न सामाजिक एकताले सम्भव हुने कुरा नगर प्रमुख व्यञ्जुले बताउनुभयो । नगरपालिकाले मन्दिर निर्माणका लागि २० लाख उपलब्ध गराउने कुरा नगर प्रमुख व्यञ्जुले बताउनुभयो ।

त्यसैगरी धुलिखेल नगरपालिका वडा नं ८ अध्यक्ष विनोद गौतमले श्रीमद भागवदले समाज एकतामा सहयोग पुगेको र वडाले गर्नुपर्ने विकास निर्माणको दायित्व पूरा गर्न आफू कटिवद्ध भएको उल्लेख गर्दै बहल्टारेश्वर मन्दिर निर्माण गर्न १० लाख उपलब्ध गराउने घोषणा गर्नुभयो । उक्त मन्दिर निर्माणका लागि स्थानीय दानविर तीर्थप्रसाद बडाल गोपालले ३ आना जग्गा उपलब्ध गराउने घोषणा गर्नुभयो ।
श्रीमतद् भगवद मुल आयोजक समितिमा संयोजक एवं जनचेतना युवा समूहका अध्यक्ष रमेश प्रसाद न्यौपानेले श्रीमद् भागवदमा ६० लाख ४ हजार ४सय ७२ आर्थिक सहयोग प्राप्त हुनु, सामाजिक एकताको सन्देश दिएको बताउँदै अहिले सम्मकै अभूतपूर्व उपस्थितीले यस भेगको समग्र विकासमा सबैको सकारात्मक चिन्तनले अग्रगतिमा जाने कुरा बताउनुभयो ।

श्रीमाद् भागवद महायज्ञ मार्फत संकलन भएको रकमबाट बहल्टारेश्वर मन्दिर निर्माणको लागि प्राप्त भएको नागरिकहरुको सत विश्वास हाम्रो सम्पतिको रुपमा ग्रहण गरी शिरमा राखेर तत्काल कार्य अघि बढाउने बचनवद्धता आयोजक संयोजक न्यौपानेले बताउनुभयो । समारोहका सह संयोजक रमेश प्रसाद बडालले मन्दिर निर्माण र धार्मिक अनुष्ठान सेवा केन्द्र बनाउन वृहत योजना अघि बढाई अघि बढ्नु पर्ने बताउनुभयो । समापन समारोहमा जनचेतना युवा समूहा पूर्व अध्यक्ष साधुराम बडाल लगायत भक्तजनहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..