जिफन्ट निकट नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियन धुलिखेल नगरको पहिलो भेला सम्पन्न भएको छ ।
नेकपा एमाले धुलिखेल नगर सदस्य मजदुर प्रतिनिधि सुमन कुमार गौतमको सभापतित्व मा संचालन भएको भेलामा नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियन का केन्द्रिय महासचिव कमल घिमिरे प्रमुख अतिथि,नेपाल टेड युनियन महासंघ जिफन्ट का बागमती प्रदेश सदस्य मोहन गजुरेल, नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियन केन्द्रिय सदस्य डिल्लि बजागाईं लगाएतको मजदुर नेताहरुको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।
भेला बाट निराजन तिमल्सिनाको अध्यक्षतामा १३ सदस्य धुलिखेल नगर कमिटि घोषण गरिएको छ । उपाध्यक्षमा अस्मिता कुईंकेल ,सचिव राजेश हुमागाई,सह–सचिव सुविना महत,कोषाध्यक्ष कादेब शाह,
सदस्यहरु इन्दिरा पोखरेल,संगम तामाङ,सन्देश घले,आदित्य राई,विशाल राइृ,संजिव तामाङ,मुकेश शाह,राजेश तिमल्सिना रहेका छन ।
प्रमुख अतिथि घिमिरेले भेला बाट निर्बाचित सम्पुर्णलाइ बधाई दिंदै यस क्षेत्रका मजदुरहरुको सुरक्षाको ग्यारेण्टिको लागि सामाजिक सुरक्षमा जानको लागि बिषेश पहल गरिने बताउनु भयो ।