काभ्रेपलान्चोक – सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको ३० औ तथा एकीकरणको पहिलो स्थापना दिवस मनाएको छ । आज आइतबार संस्थाले आफ्नै कार्यालयमा स्थापना दिवस मनाएको हो।

बामगती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार मर्हजनले संस्था स्थापनाको अवसर पारी विभिन्न विद्याका १ सय ७ जनालाई सम्मान सहित पुरस्कार वितरण गरेका थिए ।

३० वर्ष अघि ३२ हजार ५ सय रुपैया पुँजी सहित ४१ जना शेयर सदस्यबाट शुरु भएको सामुदायिक सहकारीले संस्थामा अहिले १७ वटा संस्था एकीकरण भएका छन् । ५९ हजार ९ सय ६७ जना शेयर सदस्यबाट ६ अर्ब १४ करोड ९७ लाख ३३ हजार ९ सय २३ रुपैया कुल सम्पति जम्मा गरेको संस्थाले शेयर सदस्यहरुलाई सामाजिक सुरक्षाका कार्यक्रमहरु समवेदना राहत, पारिवारीक समवेदना राहत, सदस्य स्वास्थ्य उपचार राहत, जटिल रोग उपचार सहयोग तथा प्रकोप राहत उपलब्ध गराउँदै आएको छ ।

संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले सामुदायिक विकास कोषबाट समुदायमा आधारित विभिन्न कार्यमा सहयोग पु¥याउँदै आएको बताए । ‘सदस्यहरुको सुरक्षाका लागि विमा(जिवन र निर्जिवन) र रेमिटेन्सको कार्य गरिरहेको छ भने सदस्यहरुलाई शिपमुलक, ब्यवसायीक, प्रविधि साक्षरता, वित्तिय साक्षरता तालिम तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ’–अध्यक्ष बञ्जाराले भने–‘सदस्यहरुको बचत सुरक्षाका लागि विभिन्न कोषहरुमा रकम जम्मा गरिएको तथा सेवाका लागि १९ वटा सेवाकेन्द्रबाट कारोवार गरिरहेका छौं ।’

संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै सदस्यहरुले बाल, खुत्रुके, उच्च शिक्षा बचत १६ वर्ष मुनिका बालबालिकाहरुका लागि गर्न सकिने बताए भने नियमित, कारोवार, विशेष, दैनिक, सुनौलो अवसर, आवधिक, संक्रान्ति तथा उपदान बचत १६ वर्ष भन्दा माथिका सबैले गर्न सक्ने ब्यवस्था गरिएको जानकारी दिए । ४७ करोड ४० लाख ३६ हजार ९ सय शेयर पुँजी, ३६ करोड ४२ लाख ८८ हजार ६ सय ८२ रुपैया जगेडा कोष, १२ करोड १० लाख ६ हजार ७ सय १० विभिन्न कोषहरु, ३७ करोड २८ लाख ६३ हजार ८ सय ६३ रुपैया कुल संस्थागत पुँजी रहेको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिए । त्यस्तै तरलता रकम ७३ करोड ४६ लाख ६२ हजार ४ सय ३९ र कुल बचत ४ अर्ब ३२ करोड ३९ लाख २८ हजार ४ सय ७२ रुपैया रहेको छ । लगानीमा रहेको ऋण ४ अर्ब ४२ करोड ४२ लाख ८० हजार ५ सय ८० रुपैया रहेको छ ।

स्थापना दिवसको अवसर पारी संस्थाले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । त्यस्तै पुर्व संचालकहरु २८ जना, राष्ट्रिय सहकारी महासंघ लगायतका संस्थामा निर्वाचितहरु चार जना, ८० वर्ष पुगेका जेष्ठ नागरिक सदस्य ३३ जना, १५ जना उत्कृष्ट बचतकर्ता, १५ जना उत्कृष्ट ऋणी, उत्कृष्ट सेवा केन्द्र, उत्कृष्ट कर्मचारी, एसईईमा उत्कृष्ट ४ जना, सामुदायिक छात्रबृत्ति ५ जना समेत गरी १ सय ७ जनालाई सम्मान गरेको छ । उत्कृष्ट सेवा केन्द्र ग्रामिण स्वावलम्वन सेवा केन्द्र पाँचखाल १२ भएको छ भने उत्कृष्ट कर्मचारीका रुपमा धुनदेवी नमोबुद्ध सेवा केन्द्रमा कार्यरत सुर्दशन चिमौरिया छन् । सम्मानित तथा पुरस्कृतहरुलाई नगद, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष सुर्य मानन्धरको स्वागत मन्तब्य रहेको थियो भने सचिव मुकुन्द शर्मा वाग्लेले संचालन गरेका थिए ।

स्थापना दिवसमा बोल्दै मन्त्री पुकार मर्हजनले सहकारीमा देखिएका समस्याहरु समाधानका लागि पहल गरिरहेको बताए । सहकारी अभियानलाई अघि बढाउन तत्काल देखिएका समस्याहरुको समाधान गर्न बागमती प्रदेश सरकारको तर्फबाट पहलकदमी लिने मन्त्री मर्हजनले बताए । ‘समस्यालाई नै विर्सने गरी सामुदायिक सहकारीले गरेको एकीकरण सहितको कारोवार लोभलाग्दो छ’–मन्त्री मर्हजनले भने–‘सामुदायिक सहकारीले जस्तै अन्य सहकारीहरुले पनि एकीकरण सहितको समुदायमा आधारित कारोवार गर्न आवश्यक छ ।’ कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, नेफसकुनका कोषाध्यक्ष दिपक थापा, बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष उदयराम कायश्थ, वडा अध्यक्ष दिपक दाहाल, पनौती नगरपालिका सहकारी रजिस्ट्रार इन्द्र प्रसाद अधिकारी, एकीकरण भएका सहकारी संस्थाका अध्यक्षहरु तथा संचालकहरु तथा कर्मचारी र शेयर सदस्यहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा सामुदायिक उपदान बचतको उद्घाटन गर्दै सचितिर्थ त्रिवेणीधाम गुरुकुललाई स्टेशनरी सामान उपलब्ध गराईएको थियो ।

त्यस्तै कार्यक्रममा संस्थाका सल्लाहकार शम्भुलाल श्रेष्ठ, मुकुन्दप्रसाद दाहाल लगायतले संस्था स्थापना देखी एकीकरण र हालको अवस्था तथा आगामी चुनौतीका बारेमा धारणा राखेका थिए। -मदानी बिट बाट

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..