काभ्रेपलान्चोक – सिटिजन लाइफ इन्सोरेन्सका एजेन्सी मेनेजर तथा तामाङ पत्रकार संघ काभ्रेका कार्यसमिति सदस्य अशोक बुद्ध लामाले आफ्नो जन्मदिन बेसाहारा बृद्धबृद्धा र असहायहरुसँग मनाएका छन् । आज सोमबार पत्रकार लामाले धुलिखेल–१२ शंखु पाटिचौरमा रहेको मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायसँग एक कार्यक्रमका बीच आफ्नो जन्मदिन मनाएका हुन् । त्यसैगरी लामाले तेमालमा निमार्णनधिन एक गुम्बाको लागि रु. पाँच हजार पचपन्न रुपैया दान गरेका छन् ।
‘सेवा घर’का बृद्धबृद्धा र असहायहरुलाई खाद्यान्न हस्तान्तरण गरेर केक काटेर उनले आफ्नो जन्मदिन मनाएका थिए उहाँले भन्नुभयो अाफ्नो लागि त सबै बाँच्छन अरुको लागि बाँच्नु नै जीवन हो, पशु र मानवमा फरक हुनुपर्ने मानव भएपछि साथ सहयोग हुनुपर्ने र अाफुले सकेको सहयोग गर्नुपर्ने बताउनुभयो ।

लामा तामाङ पत्रकार संघ काभ्रेका जिल्ला कार्यसमिति सदस्य र तेमाल अनलाइन डटकम, रोशी खबर साप्ताहिक, रोशी एफ. एमका संवाददाता र विमा अभिकर्ता समेत हुन् ।लामाले गत वर्षहरुमा पनि आफ्नो जन्म दिनमा काभ्रेमा रहेका बिभिन्न आश्रमहरुमा सहयोग गर्दै आएका छन् । जन्मदिनको नाममा फजुल, अनावश्यक खर्च गरेर मनाउनुको साटो असहायहरुको लागि सहयोग गर्दा पुण्यको काम हुने बताए ।

जिवनमा पुण्य कमाउन मन्दिर जानु नपर्ने र सबैभन्दा ठुलो धर्म असाहय, दिन दुःखीको सेवा भएको बताउँदै उनले असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा आफुलाई आत्मा सन्तुष्टि हुने बताए ।
उनले सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठलाई चामल, चाृउचाउ,विस्कुट आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष रिम बहादर तामाङ, रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाईवा (ज्वाला), तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष अञ्जली तामाङले सेवा घरको लागि आगामी दिनमा साथ, सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका थिए । भने सिटिजन लाईफ इन्सोरेन्सका सि.एम ओ भुषण रिमाल, व्रान्च मेनेजर मच्छु नारायण श्रेष्ठ, ए.वि.एम लोकमाया अधिकारी, वि.वि.सी श्रीराम ढुङ्गाना लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly