काभ्रेपलान्चोक – बिबिसीको १२ औं स्थापना दिवसको अवसरमा गायक हरि कर्माचार्यले एकल साँझ लाईभ ब्याण्डको साथमा प्रस्तुति दिने भएका छन् ।

नेपाल टेलिकम पछाडि रहेको बनेपाको पार्टी भेन्युमा असार ३१ गते शुक्रबारका दिन बेलुका ६ बजे लाईभ ब्याण्डको साथमा कर्माचार्यले आफ्नो प्रस्तुति दिने आयोजक बिबिसीले काभ्रे प्रेस लाई जानकारी दिएको छ ।

उक्त हरि कर्माचार्य एकल साँझमा गायक कर्माचार्यको लाईभ ब्याण्डको मज्जा लिदै नेवारी समयबजीको साथमा good friday मनाउन सकिने बताइएको छ । टिकट बुकिङ अन्तिम मिति यहीँ असार २९ गते सम्म रहेको छ । सिट सिमित रहेकोले नेवारी समयबजीको साथमा लाईभ ब्याण्डको मज्जा लिनको लागि आज नै टिकट बुकिङ गर्न आयोजकले अनुरोध गरेको छ ।     

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..