

काभ्रेपलान्चोक – वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको धुलिखेल नगरपालिका वडा नं.३ मा नेपाली कांग्रेसले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै नेपाली कांग्रेसले घरदैलो कार्यक्रम सुरु गरेको हो ।

चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिन नेपाली कांग्रेस धुलिखेल नगरपालिका वडा नं. ३ वडा अध्यक्ष पदको उम्मेदवार मधुसूदन खत्री वडा सदस्यहरु धुर्व श्रेष्ठ, श्याम लामा, अञ्जली तामाङ अम्बिका सुनुवार लगायतको टोलि घर दैलोमा भोट माग्ने दौडधुपमा छन् । भोट माग्न नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रामकृष्ण पोखरेल प्रतिनिधिहरु जनताको घर घर पुगेका थिए ।





